३१ श्रावण २०८३, आईतवार
,
Latest
पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईईमा अपेक्षित नतिजा नल्याएका विद्यार्थीलाई निराश नहुन सभापति थापाकाे आग्रह



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफल भएका विद्यार्थीहरूलाई बधाई दिँदै अपेक्षित नतिजा प्राप्त गर्न नसकेकाहरूलाई निराश नहुन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले एसईईमा उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरूको मेहनत र लगनशीलता सफलतामा परिणत भएको उल्लेख गरेका छन्। उनले सफल विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेका छन्।

त्यस्तै, अपेक्षाअनुसार ग्रेड हासिल गर्न नसकेका विद्यार्थीहरूलाई नतिजालाई जीवनको अन्तिम निष्कर्षका रूपमा नलिन आग्रह गर्दै उनले यसलाई केवल एउटा खुड्किलोको रूपमा लिनुपर्ने बताएका छन्। उनले आगामी ग्रेड वृद्धि परीक्षा आफ्ना क्षमता प्रमाणित गर्ने अर्को महत्वपूर्ण अवसर भएको उल्लेख गरेका छन्।

थापाले विद्यार्थीहरूको मनोबल उच्च राख्न तथा आवश्यक शैक्षिक परामर्श उपलब्ध गराउन स्थानीय सरकारहरूलाई तत्काल समन्वय गर्न आग्रह गरेका छन्।

यसैबीच, यस वर्ष एसईईको नतिजा अपेक्षाकृत छिटो सार्वजनिक भएको भन्दै उनले नेपाल सरकार, सम्बन्धित निकाय तथा परीक्षासँग जोडिएका सबै पक्षलाई धन्यवाद तथा बधाईसमेत दिएका छन्।




भर्खरै