१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कृति संरक्षण गर्न नगरपालिकाले तालीम दिँदै



अ+ अ-

सिन्धुली । यहाँको मौलिक परम्पराअनुसार लगाइने खैजेडी भजन लोप हुन थालेपछि युवालाई तालीम दिएको छ । संस्कृतिलाई जोगाउन कमलामाई नगरपालिकाले जिल्लामा पहिलोपटक युवालाई छनोट गरेर तालीम दिएको हो । सोमबारबाट शुरु भएको तालीम तीन दिनसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ । सिन्धुलीमा पहिलोपटक लोपोन्मुख खैजेडी भजनको संरक्षण गर्नका लागि तालीम शुरु गर्ने कमलामाई नगरपालिकालाई धन्यवाद दिँदै प्रदेशसभा सदस्य विनोद खड्काले हराउन लागेका परम्परागत संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।

कमलामाई नगरपालिका–४ को आर्थिक सहयोगमा सिन्धुली कलाघरको आयोजनामा खैजेडी भजन तालीम शुरु गरिएको हो । धार्मिक कार्यमा गाइने खैजेडी भजन लोकप्रिय भएको अग्रजहरुले बताउँदै लोप हुन लागेकामा चिन्ता व्यक्त गर्दै आएका थिए । निकै प्रचलित खैजेडी भजन पछिल्लो समय लोप हुँदै गएको छ । हिन्दू धर्ममा निकै प्रचलित खैजेडीको तालमा रातभरि नाचिने भजन केही समययता गाउँघरमा अपवादको रुपमा देख्न पाइन्छ ।

युवा पुस्तामा विकसित पश्चिमा संस्कृतिको आर्कषण र प्रविधिले गर्दा लोप हुँदै गएको हो ।सिन्धुली जिल्लामा प्रचलित खैजेडी भजन तत्कालीन नेकपा माओवादीको सशस्त्र युद्धका बेलादेखि विस्तारै लोप हुँदै गएको र पछिल्लो समयमा यसको संरक्षण गर्न समेत नसकिएको कमलामाई नगरपालिका–३ का खैजेडी भजनका प्रशिक्षकसमेत रहनुभएका पोष्टराज गौतमले बताए ।

युवाको पुरानो संस्कृतिमा आर्कषण बढ्नुभन्दा पनि पश्चिमा संस्कृतिको मोहले पुराना रीतिरिवाज हराउँदै गएको अवस्थामा यस्तो तालीमले संस्कृतिसँगै नेपाली पहिचानको समेत जगेर्ना हुने उनको भनाइ छ । तालीममा २५ जनाभन्दा बढी युवाको सहभागिता रहेको छ ।