१ असार २०८३, सोमबार
,
Latest
कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश ५ को राजधानी जनताको ईच्छा अनुसार हुन्छ : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्बर ५ को राजधानी सबैलाई पायक पर्ने ठाउँमा बनाउनुपर्ने बताएका छन्।

मंगलबार रूपन्देहीमा पाँचौं लुम्बिनी महोत्सव उद्घाटन गर्दै प्रचण्डले भने, ‘मैले यही ठाउँमा राजधानी हुनुपर्छ भनेर भनेको छैन। पूर्वाधार विकास भइसकेका वा नयाँ ठाउँमा पनि राजधानी बनाउन सकिन्छ।’

पूर्वाधार विकास भइसकेका सहरमै राजधानी हुनुपर्छ भन्ने कुनै जरूरी नभएको उनले बताए। ‘नयाँ ठाउँमा पनि राजधानी विकास गर्न सकिन्छ। यो छलफलकै क्रममा छ,’ उनले भने।

प्रचण्डले लगातार तीन पटक महोत्सव उद्घाटन गर्ने अवसर मिलेकोमा खुसी लागेको पनि बताए। ‘लगातार महोत्सव उद्घाटन गरेर मैले ह्यायाक्ट्रिक गरेँ,’ प्रचण्डले भने।

उद्योग, व्यापार र व्यवसायका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उनले प्रतिवद्धता जनाए। ‘पाँच वर्षभित्र नेपालका व्यवसायीले लिएको अपेक्षा पूरा हुन्छ, हेर्नुहोला,’ उनले भने, ‘यहाँका व्यापारी देशभित्र भन्दा पनि देशबाहिर लगानीका लागि गएका छन् भन्ने सुनेँ यो दुखदायी कुरा हो।’

सरकारले रोजगारी सिर्जनाका लागि रोजगारीमैत्री वातावरण बनाउँदै लगेको उनले बताए। लुम्बिनीमा पनि मानिसको आकर्षण बढेको उनले बताए।