१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरवासीले सडकमै टाँसे मेयरको फोटो



अ+ अ-

विराटनगर । विराटनगरका स्थानियले मेयर भीम पराजुलीको पोटो सडकको पोलमा टाँगेका छन्। महानगरपालिकाले सडक निर्माणमा चासो नदेखाएको भन्दै विराटनगर–६ का स्थानीयले मेयर पराजुलीको फोटो सडकमा टासेका हुन् ।

कोसी राजमार्गबाट शिवमन्दिर चोक हुँदै पश्चिमतर्फ जाने बाटो निर्माण नभएपछि स्थानीयले ‘हाम्रो विराटनगर, राम्रो विराटनगर’ लेखिएको पोष्टर बिजुलीको पोलमा राखेका छन्। सडकमा धुलो उडेर आजित भएकाहरूले मंगलबार बिहान भद्र विरोध गर्दै पोलमा तस्बिर टाँगेका थिए ।

विराटनगर महानगरपालिकाभित्र ढल तथा नाला निर्माण गर्ने गरी क्षेत्रीय सहरी विकास परियोजना सञ्चालित छ। परियोजनाको काम समयमा नै सम्पन्न नहुँदा नगरबासीले समस्या भोग्दै आएका छन्।

यसअघि भक्तपुरको नगरकोट र दोलखाको चरिकोटका स्थानीयले सडक नबनाउने ठेकेदारका तस्बिर सवारी साधन र बिजुलीका पोलमा टाँसेका थिए।