१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठेकेदारविरूद्ध चरिकोटमा मानव साङ्लो



अ+ अ-

दोलखा । सडक निर्माणमा ठेकेदारले ढिलाइ गरेको भन्दै दोलखाको चरिकोटमा स्थानीय वासिन्दाले मानव साङ्लो बनाएर विरोध गरेका छन्। गत असारमै कालोपत्रे गरिसक्नुपर्ने सडक अहिलेसम्म निर्माणमा ढिलाई गरेको भन्दै विरोध जनाएका हुन् ।

सिन्धुपाल्चोक खाडीचौर– मुडे २५ किमी र मुडे–चरिकोट ३० किमी बेग्लाबेग्लै ठेक्का निकालेर सडक निर्माणको जिम्मेवारी दिए पनि सडक निर्माण अलपत्र परेपछि गत शनिबार सडक अलपत्र पार्ने ठेकेदार दीपक सापकोटाको फोटो बस, चोक र पोलमा टाँसेर विरोध गरेका उनीहरूले मंगलबार भने मानव साङ्लो बनाएका हुन्।

मंगलबार बिहान चरिकोटस्थित सातदोबाटोमा सडक निर्माण काम सुरू गर्न माग गर्दै मानव साङ्लो बनाइएको हो। उनीहरूले शंकरमाली निर्माण सेवाका प्रमुख सापकोटाविरूद्ध कारबाही गर्न पनि माग गरेका थिए।