४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

सङ्कटमा छन् एकल महिला

सङ्कटमा छन् एकल महिला
अ+ अ-

रोल्पा । विवाह भएको पाँच वर्षमै श्रीमान्को मृत्यु भएपछि रोल्पा नगरपालिका–२ रेउघाकी ४० वर्षीया देवीकला घर्तीको जीवन उजाडिएको छ । दुई नाबालक छोराछोरी हुर्काउँदै सुन्दर भविष्यको सपना देखेकी उनी यतिबेला रोल्पा अस्पतालको शय्यामा जीवन मृ’त्युको दोसाँध छिन् ।
सत्ताइस वर्षको उमेरमा श्रीमान् गु’माएर एकल जीवन बिताउँदै आएकी उनी श्रीमान्को मायाबाट वञ्चित भए पनि छोराछोरी हुर्के बढेसँगै आफ्ना सबै दुःख पीडा भुल्दै आएकी थिइन् । घरमै दुई/चारवटा बङ्गुरपालन गरेर त्यसबाटै आएको आम्दानीले उनले घरव्यवहार चलाइआएकी थिइन् । तेह्र वर्षीय छोरा र १५ वर्षीया छोरीले गाउँकै विद्यालयमा पढ्दै थिए । घरव्यवहार जसोतसो चल्दै थियो । एक वर्ष अघि उनको फोक्सोमा समस्या देखियो । रोल्पा अस्पताल आई परीक्षण गरिन् । फोक्सो सामान्य देखिए पनि दुःख दिइरहन्थ्यो । थप उपचारका लागि जिल्ला बाहिरका अस्पताल जान उनीसँग पैसा थिएन । औषधि किनेर सेवन गरिरहिन् । पहिलो पटक स्वास्थ्य परीक्षण गरेको एक वर्ष पछि पुनः परीक्षणका लागि रोल्पा अस्पताल पुगिन् । यस पटकको परीक्षणमा उनको फोक्सोमा क्यान्सर भएको देखियो । अहिले जिल्ला अस्पतालको शय्यामा बसेर जीवन रक्षा गरिदिन आग्रह गरिरहेकी छिन् । व्यथाले च्याप्न थालेसँगै उनले बङ्गुरपालन गर्न समेत छोडेकी थिइन् । आम्दानीको कुनै पनि स्रोत नभएपछि र दैनिक घर व्यवहार चलाउन मुश्किल परेपछि छोराछोरीसमेत अर्काको घरमा बसेर पढ्न बाध्य भएका छन् । “छोराछोरी नाबालक छन्, चार–पाँच वर्ष बाँच्न पाए भने उनीहरुको व्यवस्था गर्न सकिन्थ्यो कि भन्ने आशा लाग्छ,” भक्कानिँदै घर्तीले भनिन् । आफन्तहरुले उनको उपचारका लागि अर्थ सङ्कलन गरिरहेका छन् । “जिल्ला बाहिर लैजान सहयोग सङ्कलन गरिरहेका छौं,” उनकी आफन्त तीलसरी पुनले भनिन् ।

तीलसरीका अनुसार दाङमा बसोबास गर्दैआएका रोल्पालीहरुले एक लाख १४ हजार सहयोग गरेका छन् । यसैगरी, स्थानीय आमा समूह, एकल महिला समूह, वडा कार्यालय लगायतले पनि सहयोग गरेका छन् । “क्यान्सरपीडित घर्तीको सहयोगका लागि अहिलेसम्म तीन लाख जति सङ्कलन भएको छ,” रोल्पा नगरपालिका–२ की वडा सदस्य खती घर्तीले भनिन् । वडाध्यक्ष स्वयं उनको सहयोग सङ्कलनमा लागि परेका छन् ।
पीडित घर्ती थला परेसँगै उनका छोराछोरी आफन्तकामा आश्रय लिएर बस्न बाध्य भएका छन् । सङ्कलित रकम बुझ्दै क्यान्सर पीडित घर्तीले सहयोग रकमले उपचार गरी केही वर्ष बाँच्न सके छोराछोरीका लागि उच्च शिक्षासम्म पढाउन सकिने आशा व्यक्त गरिन् । “उच्च शिक्षासम्म पढाउन सकिए उनीहरुले केही गरेर खान सक्लान् भन्ने सोचाइ छ,” क्यान्सर पीडित घर्तीले भनिन् ।
जिल्लामा विभिन्न कारणले एकल बनेका महिला सबैले यस्तै समस्या भोग्दै आएको मानव अधिकारका लागि महिला एकल महिला समूह रोल्पाका अध्यक्ष तुलसा आचार्यको भनाइ छ । “यस्ता समस्या भोग्दै आएका एकल महिलालाई राज्यले विशेष ढङ्गले हेर्नुपर्छ,” अध्यक्ष आचार्यले भनिन् ।
तत्कालीन माओवादीले सञ्चालन गरेको दश वर्षे सशस्त्र द्वन्द्वमा समेत रोल्पाका ३२३ महिला श्रीमान् गुमाएर एकल भएका थिए । श्रीमान्को मृत्यु पछि त्यसरी एकल बनेका महिलाहरुमध्ये अधिकाँश यस्तै समस्याले ग्रस्त भएको बताइन्छ । उनीहरुको स्वास्थ्य तथा आश्रित बालबालिकाको शिक्षाको समेत राज्यले जिम्मेवारी लिनु पर्ने द्वन्द्वमा श्रीमान् गुमाएकी रोल्पा नगरपालिका–१० की धनमाया पुनले बताइन् ।
जिल्लामा विभिन्न कारण एकल भएका महिलाको सङ्ख्या छ हजार ५०० भन्दा बढी रहेको मानव अधिकारका लागि समूहका अध्यक्ष आचार्यले जानकारी दिइन् । एकल महिलालाई अर्थाभावका कारण आफ्ना सन्ततिलाई उच्च शिक्षा दिन र पालनपोषण गर्न समस्या भइरहेको छ । उनीहरु आफ्नै उपचारसमेत गराउन सकिरहेका छैनन् ।