२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राधेराधेसम्म सोलार बत्ती

अ+ अ-

मध्यपुरथिमि । अरनिको राजमार्ग खण्डमा रहेको छ लेन सडकको जडीबुटी मनोहरा पुलदेखि मध्यपुरथिमिको राधेराधेसम्म सोलार बत्ती राख्ने कामको शुभारम्भ भएको छ । ‘उज्जालो, सफा र हराभरा भक्तपुर’ भन्ने नारालाई सार्थक बनाउने क्रममा पहिलो चरणमा मनोहरा पुलबाट सूर्यविनायकसम्म हरियाली अभियान सफल भएपछि सडक उज्यालो बनाउने काम शुरु भएको छ ।

भक्तपुरमा अरनिको राजमार्गलाई सधैँ उज्यालो र हरियाली बनाउन मनोहरादेखि राधेराधेसम्म ४२१ वटा सोलार बत्ती राख्ने कार्यको शुभारम्भ भएको हो । मध्यपुरथिमि नगरपालिकाको सहयोगमा एएमपिएम कम्पनीले आजबाट यो सडकमा सोलार बत्ती राख्न शुरु गरेको छ ।

बत्ती जडानको पहिलो चरणमा राधेराधेसम्म र दोस्रो चरणमा सूर्यविनायक नगरपालिका क्षेत्रमा सोलार बत्ती राखिने भएको छ । यस सडकमा राखेको एक वटा सोलार बत्तीको करिब रु एक लाख पर्ने बताइएको छ । सडक दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक आइलाइन र डिरेक्सन बोर्डसमेत राखिने भएको छ ।

सडक बत्ती जडान शुरु भएपछि सांसद महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको टोलीले आज अनुगमन र निरीक्षण गर्नुभएको छ । सांसद बस्नेतले काठमाडौँ उज्यालो सहरको रुपमा रहेको तर भक्तपुर सधँै अध्यारो सडकको रुपमा रहँदा रात्रिमा पनि दुर्घटना बढेको बताउँदै अब भक्तपुरका सडक पनि सधैँ उज्यालो हुने बताउनुभयो ।

सांसद बस्नेतले भन्नुभयो, “अरनिको राजमार्गलाई हरियाली र सौन्दर्य बनाउन वातावरण विभागको सहयोगमा बेल्जियमको दुबो लगाई हरियाली बनाउने कार्य भएको छ, अब अरनिको राजमार्गलाई सोलार बत्तीबाट उज्यालो बनाई उज्यालो भक्तपुरको अभियान पनि पूरा गर्दैछाँै, सफा राजमार्गका लागि हनुमन्ते सफाइ अभियानबाट हरेक साता राजमार्ग सफाइ गर्दै आएका छौँ ।” कार्यक्रममा मध्यपुरथिमिका नगर प्रमुख श्रेष्ठले सोलार बत्ती र हरियाली बनाउने कार्य राम्रो भएको र यसको संरक्षण गर्नु महत्वपूर्ण कार्य भएको बताउनुभयो ।
–अरनिको राजमार्ग खण्डमा रहेको छ लेन सडकको जडीबुटी मनोहरा पुलदेखि मध्यपुरथिमिको राधेराधेसम्म सोलार बत्ती राख्ने कामको शुभारम्भ भएको छ । ‘उज्जालो, सफा र हराभरा भक्तपुर’ भन्ने नारालाई सार्थक बनाउने क्रममा पहिलो चरणमा मनोहरा पुलबाट सूर्यविनायकसम्म हरियाली अभियान सफल भएपछि सडक उज्यालो बनाउने काम शुरु भएको छ ।

भक्तपुरमा अरनिको राजमार्गलाई सधैँ उज्यालो र हरियाली बनाउन मनोहरादेखि राधेराधेसम्म ४२१ वटा सोलार बत्ती राख्ने कार्यको शुभारम्भ भएको हो । मध्यपुरथिमि नगरपालिकाको सहयोगमा एएमपिएम कम्पनीले आजबाट यो सडकमा सोलार बत्ती राख्न शुरु गरेको छ ।

बत्ती जडानको पहिलो चरणमा राधेराधेसम्म र दोस्रो चरणमा सूर्यविनायक नगरपालिका क्षेत्रमा सोलार बत्ती राखिने भएको छ । यस सडकमा राखेको एक वटा सोलार बत्तीको करिब रु एक लाख पर्ने बताइएको छ । सडक दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक आइलाइन र डिरेक्सन बोर्डसमेत राखिने भएको छ ।

सडक बत्ती जडान शुरु भएपछि सांसद महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको टोलीले आज अनुगमन र निरीक्षण गर्नुभएको छ । सांसद बस्नेतले काठमाडौँ उज्यालो सहरको रुपमा रहेको तर भक्तपुर सधँै अध्यारो सडकको रुपमा रहँदा रात्रिमा पनि दुर्घटना बढेको बताउँदै अब भक्तपुरका सडक पनि सधैँ उज्यालो हुने बताउनुभयो ।

सांसद बस्नेतले भन्नुभयो, “अरनिको राजमार्गलाई हरियाली र सौन्दर्य बनाउन वातावरण विभागको सहयोगमा बेल्जियमको दुबो लगाई हरियाली बनाउने कार्य भएको छ, अब अरनिको राजमार्गलाई सोलार बत्तीबाट उज्यालो बनाई उज्यालो भक्तपुरको अभियान पनि पूरा गर्दैछौँ, सफा राजमार्गका लागि हनुमन्ते सफाइ अभियानबाट हरेक साता राजमार्ग सफाइ गर्दै आएका छाँै ।” कार्यक्रममा मध्यपुरथिमिका नगर प्रमुख श्रेष्ठले सोलार बत्ती र हरियाली बनाउने कार्य राम्रो भएको र यसको संरक्षण गर्नु महत्वपूर्ण कार्य भएको बताउनुभयो ।