९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक वर्ष २०८३/८४ को बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्रीसमक्ष प्रस्तुत



अ+ अ-

काठमाडाैँ । आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष प्रस्तुत गरिएको छ । सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले उक्त प्रतिवेदन अर्थमन्त्रीसमक्ष बुझाउनुभएको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ५ मा आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन तयार गर्ने व्यवस्था रहेको छ । त्यसैगरी दफा ६९ को उपदफा (४) अनुसार आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न सहयोग पुर्‍याउने उद्देश्यले मुलुकको समग्र आर्थिक तथा वित्तीय अवस्थाबारे नेपाल सरकारसमक्ष राष्ट्र बैंकले प्रतिवेदन पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

उक्त व्यवस्था अनुरूप राष्ट्र बैंकले तयार गरेको समीक्षा प्रतिवेदनमा देशको समष्टिगत आर्थिक अवस्था, वित्तीय क्षेत्रको अवस्था, मौद्रिक नीतिको प्रभाव तथा आगामी आर्थिक वर्षका लागि आवश्यक नीति सुझावहरू समेटिएको जनाइएको छ । अर्थ मन्त्रालयले उक्त प्रतिवेदनलाई आगामी बजेट तयारीमा महत्वपूर्ण आधारका रूपमा प्रयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रतिवेदन बुझाउने कार्यक्रममा आर्थिक सूचकहरूमा देखिएका प्रवृत्ति, चुनौती तथा सुधारका सम्भावित क्षेत्रबारे समेत प्रारम्भिक छलफल भएको बताइएको छ ।