२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः एक बालकसहित १५ जनाको मृत्यु



अ+ अ-

काठमाडौँ। दक्षिण लेबनानमा इजरायलले गरेको श्रृङ्खलावद्ध हवाई आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

लेबनानी आधिकारिक स्रोतहरूले उक्त घटनाको पुष्टि गरेका हुन् । लेबनानी स्वास्थ्य मन्त्रालय र राष्ट्रिय समाचार एजेन्सीकाअनुसार मृत्यु हुनेहरूमा एक बालक समेत रहेका छन् भने अन्य कैयौँ बालबालिकाहरू घाइते भएका छन् ।

इजरायली सेनाले दक्षिण लेबनानका विभिन्न शहरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान (एभ्याकुएसन) आदेश दिएको थियो । त्यसलगत्तै गरिएको हवाई आक्रमणमा इजरायलले थुप्रै घरहरू समेत ध्वस्त पारेको छ ।

यसैबीच, हिजबुल्लाहले इजरायलद्वारा युद्धविरामको उल्लङ्घन गरिएको आरोप लगाउँदै रातभर लेबनान–इजरायल सीमा क्षेत्रमा इजरायली सैन्य सवारी साधन र सैनिकहरूको समूहलाई लक्षित गरी रकेट प्रहार गरेको जनाएको छ ।

हिजबुल्लाहका सांसद हसन फडलल्लाहले आफ्नो समूह इजरायली ‘आक्रमण’ विरुद्ध ‘रक्षात्मक स्थिति’ मा रहेको स्पष्ट पार्नुभएको छ ।

उहाँले इजरायलले लेबनानी गाउँहरू वा बेरुतको दक्षिणी उपनगरहरूलाई लक्षित गरेमा हिजबुल्लाहले कडा जवाफी कारबाही गर्ने चेतावनी समेत दिनुभएको छ ।

क्षेत्रीय तनाव र अमेरिका–इजरायली गतिविधिका कारण उत्पन्न द्वन्द्वपछि गत महिना मात्र इजरायल र लेबनानबीच युद्धविराम सम्झौता भएको थियो। तर, पछिल्लो समय भएका यी आक्रमणहरूले उक्त युद्धविरामको प्रभावकारितामाथि प्रश्न खडा गरेको छ ।सिन्ह्वा/ न्युज एजेन्सी नेपाल