२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धका कारण रोकिएको ‘प्यालेस्टाइन म्याराथन’ बेथलेहममा पुनः सञ्चालन



अ+ अ-

काठमाडौँ। गाजा युद्धका कारण स्थगित भएको ‘प्यालेस्टाइन म्याराथन’ वेस्ट बैंकको दक्षिणी शहर बेथलेहममा पुनः आयोजना गरिएको छ ।

यस प्रतियोगितामा हजारौँ स्थानीय तथा अन्तर्राष्ट्रिय धावकहरूको उत्साहजनक सहभागिता रहेको छ । प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी ‘वाफा’ का अनुसार म्याराथन अन्तर्गत फुल म्याराथन, हाफ म्याराथन, १० किलोमिटर दौड र ५ किलोमिटरको पारिवारिक दौड आयोजना गरिएको थियो ।

बेथलेहमको मध्यभागमा अवस्थित मेन्जर स्क्वायरबाट सुरु भएको यो दौड पृथकीकरण पर्खाल र विभिन्न शरणार्थी शिविरहरू हुँदै अगाडि बढेको थियो ।

यसै क्रममा गाजा पट्टीमा पनि छुट्टै ५ किलोमिटरको दौड सम्पन्न भएको छ । उक्त दौड गाजा सहरदेखि मध्य क्षेत्रमा पर्ने देर अल–बलाहसम्म सञ्चालन गरिएको थियो ।

आयोजकहरूकाअनुसार यस वर्षका सबै विधामा गरी कुल १३ हजार भन्दा बढी धावकहरूले सहभागिता जनाएका थिए ।

जसमा गाजाका २ हजार ५ सय २३ जना र विश्वका ७५ देश तथा क्षेत्रका करिब १ हजार अन्तर्राष्ट्रिय धावकहरू सामेल रहेको वाफाले उल्लेख गरेको छ ।

गाजा युद्धका कारण अघिल्लो संस्करण स्थगित भएपछि यस वर्ष यो म्याराथन पुनः सञ्चालनमा आएको हो ।सिन्ह्वा/ न्युज एजेन्सी नेपाल