३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः एकै परिवारका नौ सदस्यको मृत्यु, सामूहिक अन्त्येष्टि



अ+ अ-

काठमाडौँ। दक्षिण लेबनानको साक्साकिया शहरमा इजरायलले गरेको हवाई आक्रमणमा परी एकै परिवारका नौ सदस्यको मृत्यु भएको छ ।

स्थानीय नागरिक रक्षा टोली र प्रत्यक्षदर्शीहरूकाअनुसार इजरायली सेनाले एक आवासीय भवनलाई लक्षित गरी सो आक्रमण गरेको हो । उक्त भवनमा दक्षिण लेबनानकै जेबचिटबाट विस्थापित भएका तीनवटा परिवारले आश्रय लिइरहेका थिए ।

आक्रमणका कारण भवन पूर्ण रूपमा ध्वस्त भएको छ भने वरपरका क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ । घटनामा अन्य कैयौँ व्यक्ति घाइते भएका छन् भने केही अझै हराइरहेको बताइएको छ । मारिएका आफन्तको शोकमा डुबेका स्थानीयले मृतकहरूको सम्मानमा प्रार्थना गरेका थिए ।

नागरिक रक्षा टोलीले शवहरूलाई अन्त्येष्टिका लागि तयार पार्दै गर्दा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय समुदायले तनाव कम गर्न बारम्बार आग्रह गरे पनि दक्षिण लेबनानका विभिन्न शहरहरूमा इजरायली आक्रमण जारी छ ।

सीमा क्षेत्रमा बढ्दो तनावका बीच भएका यी आक्रमणहरूले मानवीय संकट थप गहिरो बनाएको छ ।

लेबनानको सार्वजनिक स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रकाअनुसार गत मार्च २ देखि मे १० सम्मको अवधिमा इजरायली आक्रमणका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ८ सय ४६ पुगेको छ भने ८ हजार ६ सय ९३ जना घाइते भएका छन् । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल