२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेश : हिन्दू भिक्षु चिन्मय दासको जमानत याचिका खारेज



अ+ अ-

ढाका। बङ्गलादेशको उच्च अदालतले सन् २०२४ को वकिल हत्या मुद्दामा हिरासतमा रहेका हिन्दू सन्त चिन्मय कृष्ण दासको जमानत याचिका खारेज गरेको छ ।

चट्टोग्रामको तल्लो अदालतमा यो मुद्दा अझै विचाराधीन छ । अदालतले भनेको छ, “सन् २०२४ मा एक वकिलको हत्यासँग सम्बन्धित मुद्दाको सुनुवाइ चट्टोग्रामको तल्लो अदालतमा चलिरहेको छ, त्यसैले अहिले जमानत दिन सकिँदैन।”

चिन्मय कृष्ण दासलाई सन् २०२४ मा राजद्रोहको आरोप लगाइएको थियो र सन् २०२४ नोभेम्बर २५ मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।

उच्च अदालतका न्यायाधीश केएम जाहिद सरवर र न्यायाधीश शेख अबु ताहेर सम्मिलित बेञ्चले जमानत याचिका खारेज गरेको छ । निर्णयमा भनिएको छ, “यस मुद्दामा साक्षीहरूको बयान रेकर्ड भइरहेको छ।” सन्तका वकिल अपूर्वकुमार भट्टाचार्यका अनुसार अदालतले अन्य चार मुद्दामा सन्त दासलाई धरौटीको सुनुवाइका लागि सोमबारको मिति तोकेको छ ।

वकिल सैफुल इस्लाम अलिफको हत्यासँग सम्बन्धित मुद्दामा जनवरी १९ मा ‘चट्टोग्राम विभागीय द्रूत सुनुवाई न्यायाधिकरणलेले चिन्मय कृष्ण दाससहित ३९ जनाविरुद्ध आरोप तय गरेको थियो, जसमा २३ जना अभियुक्त हिरासतमा छन् भने १६ जना फरार रहेका छन् ।

सन्त दासलाई यसअघि सन् २०२४ अप्रिलमा उच्च अदालतले उहाँलाई राजद्रोहको मुद्दामा जमानत दिएको थियो, तर सर्वोच्च अदालतको पुनरावेदन महाशाखाले त्यो आदेशलाई रोक लगाएको थियो।

शेख हसिना सरकार फिर्ता भएपछि चिन्मय कृष्ण दासको सङ्गठन ‘संयुक्त सनातन जागरण जोत’ले हिन्दू समुदायमाथि भएको आक्रमण र भेदभावको विरोधमा श्रृङ्खलाबद्ध प्रदर्शन गरेको थियो ।

सन् २०२२ को तथ्याङ्क अनुसार बङ्गलादेशको कूल जनसङ्ख्या १७ करोड छ । हिन्दू समुदायको जनसङ्ख्या यसको करिब आठ प्रतिशत छ । चिन्मय कृष्ण दासको पक्राउप्रति भारतले पनि चिन्ता व्यक्त गरेको थियो । रासस