१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

वडाध्यक्षहरूको आरोप: अध्यक्षले बजेटमा आफूखुसी गर्यो

वडाध्यक्षहरूको आरोप: अध्यक्षले बजेटमा आफूखुसी गर्यो
अ अ+ अ-

सिन्धुपाल्चोक। भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले पालिकाको बजेटमा आफूखुसी गरेको वडाध्यक्षहरूले आरोप लगाएका छन् । गाउँपालिकाका पाँच वडामध्ये चार वडाका अध्यक्षले आफूहरू फरक पार्टीबाट चुनाव जितेको भन्दै अध्यक्षले बजेटै नदिने गरेको आरोप लगाएका हुन् । गाउँपालिका अध्यक्षले आफूहरूलाई व्यापक पेलेर अघि बढेकाले अब आफूहरु चुप लागेर नबस्ने वडाध्यक्षहरूको चेतावनी छ ।

‘हामी जनतालाई गाउँमा नै सुविधा दिन खोजिरहेका छौं तर अध्यक्षले त्यसमा अवरोध सिर्जना गर्नुभयो,’ भोटेकोसी गाउँपालिका–१ का अध्यक्ष मुके शेर्पाले भने । भोटेकोसी गाउँपालिका–२ को वडा भवन शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्षले पालिका कब्जा गरेको र आफू हुँदो मात्रै विकास बजेट बाँडफाँट गर्ने गरेको आरोप वडाध्यक्षहरूले लगाएका छन् ।

स्थानीय तहको निर्वाचनको समयमा पालिकाबाट केही सुविधा लिन्न भनेको र पछि गाउँपालिकाको बैठकमा समेत सेवा सुविधा लिन्न भनेर माइन्युट नै गरे पनि अहिले भने करोडौंको सुविधा लिएको प्रति चारै वडाका वडाध्यक्षले सार्वजनिक रूपमा नै गाउँपालिका अध्यक्ष पौडेलेको विरोध गरेका छन् । ‘आफ्नो तलब भत्ताबाट स्कुलका विद्यार्थीलाई स्टेसनरी र झोला वितरण गरेको भनेर अध्यक्षले प्रचार गरिरहेका छन् तर त्यो सबै गाउँपालिकाको बजेट बाट वितरण गरिएको हो,’ वडाध्यक्ष शेर्पाले भने ।

गाउँपालिकामा कार्यरत शिक्षकले अध्यक्षकै कारण विगत ६ महिनादेखि तलब सुविधा नै नपाएको वडाध्यक्षहरूले बताएका छन् । राजनीतिक आस्था हेरेर शिक्षकलाई सरुवा बढुवा गर्दा
गाउँपालिकाभित्रका सयौं बालबालिकाको भविष्यमाथि खेलबाड गरेको वडाध्यक्ष शेर्पाले आरोप लगाए । भूकम्पले वडा कार्यालय क्षतिग्रस्त भएपछि निर्माणका लागि गाउँपालिकामा अनुरोध गर्दा पनि गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले अटेर गरेको भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले गुनासो गरे ।

‘अस्थाई टहरोमा बसेर जनतालाई सेवा दिन सकिएन, वडा कार्यालय निर्माण गरौं,’ भनेर धेरै अनुरोध गरे तर अध्यक्षले सधैं अवरोध मात्रै सिर्जना गर्नुभयो,’ वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले भने । भवन निर्माणमा सहयोग गर्ने घोषणा गर्न आएका भोटेकोसी पावर कम्पनीका प्रतिनिधिलाई नेकपाका नेताले बीच बाटोबाटै फर्काइदिएको वडाध्यक्ष श्रेष्ठले आरोप लगाए । भवन शिलान्यास कार्यक्रमलाई असफल बनाउन कसैलाई पनि कार्यक्रममा नजानका लागि उर्दी जारी गरे पनि आफूहरूले भवन शिलान्यास गर्न सफल भएको वडाध्यक्ष श्रेष्ठले बताए ।

नेकपाबाट जितेकाले कांग्रेसलाई बनाए प्रमुख अतिथि: भोटेकोसी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित दुई वडामा नेकपाले चुनाव जितेको थियो । भोटेकोसी–२ का वडाध्यक्ष तत्कालीन नेकपा माओवादीबाट चुनाव जिते पनि भवन शिलान्यास कार्यक्रममा भने कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई सहभागी गराएर भवन शिलान्यास गराएका छन् ।

भवन शिलान्यास कार्यक्रममा नेकपाकाको नेता मात्रै होइन स्थानीय कार्यकर्तासमेत सहभागी भएनन् । उद्घोषकले गाउँपालिका अध्यक्ष राजकुमार पौडेललाई विशेष अतिथिको आशन ग्रहणका लागि बोलाए पनि अध्यक्ष पौडेल कार्यक्रममा सहभागी भएनन् । राजधानी दैनिकबाट