१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

नेपाल भ्रमण वर्ष २०२० को ६१ करोडका कार्यक्रमहरु के के छन् ?

नेपाल भ्रमण वर्ष २०२० को ६१ करोडका कार्यक्रमहरु के के छन् ?
अ अ+ अ-

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० का लागि ६१ करोड ७४ लाख रुपैयाँ खर्च गर्ने गरी कार्यक्रम तय भएको छ। भ्रमण वर्ष सचिवालयले उपलब्ध गराएको तथ्यांकअनुसार भ्रमण वर्ष २०२० मा कार्यक्रम गर्न चालु आर्थिक वर्ष २०७६/७७ सम्ममा प्राप्त बजेटका आधारमा यो बजेट स्वीकृत भएको हो। भ्रमण वर्ष सचिवालयका अनुसार गत वर्षको र चालु आवको गरी जम्मा २५ करोड रुपैयाँ बजेट उपलब्ध भएको छ।

तर, भ्रमण वर्ष सचिवालयलाई भने सरकारले बजेट तय गरेर खर्च गर्दै गर्नुस् भनेका कारण उक्त बजेट तय भएको उल्लेख छ। भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले सन् २०२० को हरेक महिना फरक–फरक कार्यक्रम गर्ने गरी सचिवालयले बजेट तय गरेको जानकारी दिए। यस्ता कार्यक्रममा खेल पर्यटन प्रवद्र्धन, डिजिटल मार्केट, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रवद्र्धनात्मक गतिविधि, नेपालमा हुने विभिन्न सभा समारोहसहितका गतिविधि गर्न बजेट तय भएको हो।

भ्रमण वषमा नेपाललाई ब्राडिङ गर्न खोजिएको हो। भ्रमण वर्षमा अनुमान गरिएकै संख्यामा पर्यटक आउँछन् कि आउँदैन भनेर प्रतिक्रिया दिने बेला भएको छैन। अहिले त सबै क्षेत्र र व्यक्तिको सहकार्य आवश्यक रहेको बैद्यले जानकारी दिए। उनका अनुसार भ्रमण वर्षको आठ महिनापछि पर्यटकको तथ्यांकमा छलफल गरौंला अहिले कसरी पर्यटक भित्र्याउने र जागरण बढाउने भन्ने विषयमा बहस गर्नुपर्ने तर्क बैद्यको छ। भ्रमण वर्ष सचिवालयले सबैभन्दा धेरै रकम नेपालको प्रचारप्रसार तथा प्रवद्र्धनका लागि बजेट तय गरेको छ।

हाल उपलब्ध बजेट र थप अपेच्छा गरेर तय गरेको कार्यक्रम अनुसार प्रचारप्रसार तथा प्रवद्र्धनका निम्ति २६ करोड २५ लाख रुपैयाँको बजेट तयार पारेको छ। यस्तो बजेटअनुसार नेपाल पर्यटन बोर्डसमेतको सहकार्यमा भारत, चीन, युरोप, मध्यपूर्व, दक्षिण पूर्व, अस्ट्रेलिया, तथा अमेरिकामा हुने विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम तथा पर्यटन मेलामा सहभागी भएर नेपालको पर्यटन प्रवद्र्धन गर्न चार करोड रुपैयाँ खर्च गरिने भएको छ। विभिन्न नेपाली नियोग तथा गैरआवासीय नेपाली संघसँगको सहकार्यमा हुने कार्यक्रमलाई साढे दुई करोड रुपैयाँ छुट्टयाइएको छ।

सचिवालयले वर्षभरी गरी विभिन्न पर्यटन प्रडक्ट स्तरोन्नति तथा विकासका लागि सचिवालयले १० करोड ९० लाख रुपैयाँ खर्च गर्ने गरी बजेटका कार्यक्रम तय गरेको छ। यस्तो कार्यक्रममा नयाँ कार्यक्रमका रूपमा विभिन्न २५ वटा नयाँ पर्यटकीय उपजको विकास गर्न १ करोड ५० लाख रुपैयाँको बजेट स्वीकृत भएको छ। ७० लाख खर्चेर हिन्दू तथा बुद्ध धर्मसम्बन्धित मन्दिर गुम्बासहितको कार्यक्रम प्रवद्र्धन गर्न टेम्पल स्टे प्याकेज बनाइने भएको छ।

७० लाख खर्च गरेर शिवशक्ति सर्किटको अध्ययन तथा अनुसन्धान, ५० लाख खर्च गरेर कालिगण्डकी गर्जमा माउन्टेन बाइक ट्रेलसहितको कार्यक्रम तय गरेको छ। भ्रमण वर्ष संयोजक बैद्यका अनुसार पर्यटन वर्षले नेपाललाई स्थापित गन्तव्य बनाउन सहयोग पुर्याउने र सन् २०२० यसका आधार हुन सक्ने बताए।

नेपालमा भएका र चलेका सीमित गन्तव्यको विकल्पमा धार्मिक, साहसिक, नयाँ गन्तव्यका विकाससहितका प्रडक्ट विकास गर्दै जान सकिनेछ। भ्रमण वर्षलाई नेपालले गन्तव्य प्रवद्र्धन, विकास र पर्यटनका विभिन्न उपजमा पर्यटक पुर्‍याउन यसको विविधीकरण नै प्रमुख प्राथमिकता हुने बताए। अन्नपुर्णपोष्ट दैनिकबाट