१२ श्रावण २०८३, मंगलवार
,
Latest
बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरपालिका टिम च्याम्पियन



अ+ अ-

काठमाडौं। जैशिदेवल युथ क्लवको आयोजना तथा काठमाडौं महानगरपालिकाको प्रमुख प्रायोजनमा मिति २०८३ बैशाख २४ गते देखि २६ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालित “स्व. पि.एल सिंह स्मृति छैठौं बागमती प्रदेश स्तरिय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३“ को समापन कार्यक्रम जैशिदेवल युथ क्लवका अध्यक्ष श्री राजेश प्रजापतिको सभापतित्व तथा काठमाडौं महानगरपालिका कार्यवाहक मेयर श्री सुनीता डंगोलको प्रमुख आतिथ्यतामा साथ सम्पन्न भएको छ।

३ दिन आयोजित प्रतियोगितामा बागमती प्रदेश अन्तर्गतका २० नगरपालिकाका गेरोगी, पुम्से र पारा विधा गरि ३ सय २२ खेलाडीहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम हुने टिमलाई एग्रो थाइ फुड्स प्रा.लि. को तर्फबाट १ केजी तौलको चाँदीको रनिङ शिल्ड प्रदान गरिएको छ।

प्रतियोगितामा १४ स्वर्ण र ४ रजत पदकका साथ आयोजक टिम काठमाडौं महानगरपालिका टिम–ए प्रथमका साथ १ केजी तौलको चाँदीको रनिङ शिल्ड उठाउन सफल भएको छ भने २ स्वर्ण, ४ रजत र ४ काँस्य पदक सहित महालक्ष्मी नगरपालिका टिम दोस्रो र १ स्वर्ण, ३ रजत र ६ काँस्य पदक सहित चन्द्रागिरी नगरपालिका टिम तेस्रो हुन सफल भएको छ।

उत्कृष्ट खेलाडी पुरुष पुम्से तर्फ कागेश्वरी मनोहरा नगरपालिकाका गिरिश श्रेष्ठ र उत्कृष्ट खेलाडी महिला पुम्से तर्फ आयोजक काठमाडौं महानगरपालिकाका वितिशा तामाङ घोषित भएका छन्।