१२ श्रावण २०८३, मंगलवार
,
Latest
काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोघेकर दामोदरकुण्डद्वारा सौर्य ऊर्जा प्रणाली जडित हरित ऊर्जा प्रयोग



फाइल तस्वीर
अ+ अ-

मुस्ताङ। मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले सौर्य ऊर्जा प्रणाली जडित हरित ऊर्जा प्रयोगमा ल्याएको छ ।

जलवायु क्षति न्यूनीकरण तथा वातावरणीय स्वच्छता कायम गर्दै सौर्य ऊर्जा प्रणालीमार्फत गाउँपालिकाको आर्थिक भार कम गराउने उद्देश्यले हरित सौर्य ऊर्जा प्रयोगमा ल्याएको हो ।

गाउँपालिकाले हरित ऊर्जा प्रयोगमा ल्याएसँगै हरित ऊर्जा घोषणा गर्ने तयारी गरेको छ । प्राकृतिक सौन्दर्य र जैविक विविधता संरक्षण तथा वातावरणीय प्रदूषणले मानव स्वास्थ्य असर पुग्ने र जलवायु परिवर्तनको असरले पारिस्थिति प्रणाली (इको सिस्टम) मा प्रभाव पार्ने भएकाले हरित ऊर्जा प्रविधि उपयोगी हुने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाद्वारा कार्यान्वयनमा ल्याइएको सौर्य ऊर्जा प्रविधिको हरित ऊर्जा विकासले पालिकाभित्रका नागरिकलाई सकारात्मक प्रभाव पार्ने गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उल्लेख गर्नुभयो ।

बढ्दो कार्बन उत्र्सजनलाई घटाउन यसप्रकारका प्रविधि उपयोगी हुने उहाँको बुझाइ छ । हरित ऊर्जा विकासका लागि गाउँपालिकाले पालिकालाई आवश्यक पर्ने सौर्य ऊर्जा क्षमता व्यवस्थापन गर्न बेट्री, सोलार प्यानललगायत आवश्यक उपकरणको व्यवस्थापन गरिसकेको छ ।

यो प्रविधिबाट हरित ऊर्जा प्रयोगमा आएसँगै पालिकाभित्रका सबै प्रशासनिक शाखामा विद्युतीय कार्य गर्न हरित ऊर्जा प्रयोग गरिने अध्यक्ष विष्टले बताउनुभयो । हरित ऊर्जा प्रविधिको प्रयोगले गाउँपालिकाको कार्यसम्पादनलाई सहज र विश्वसनिय बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाले यो प्रविधिलाई पाँचवटै वडा कार्यालय र स्वास्थ्य संस्थामा पु¥याउने लक्ष्य लिएको छ । वातावरणीय जोखिम कम गर्दै दिगो विकासमा जोड दिने सरकारको दीर्घकालीन लक्ष्यअनुसार हरित सौर्य ऊर्जा प्रविधि जडान गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । रासस