२ भाद्र २०८३, मंगलवार
,
Latest
स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नईसँग पराजित भएसँगै लखनउ आईपीएल प्लेअफ दौडबाट बाहिर



अ+ अ-

काठमाडौँ। आईपीएल २०२६ को आइतबार सम्पन्न पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएसँगै लखनउ सुपर जायन्ट्स प्लेअफको दौडबाट बाहिरिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको लखनउ सुपर जाइन्ट्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०३ रनको बलियो योगफल तयार पारेको थियो।

लखनउका लागि ओपनर जोश इंग्लिसले विष्फोटक ब्याटिङ गर्दै मात्र ३३ बलमा ८५ रनको योगदान दिए। उनको इनिङमा चौका र छक्काको वर्षा भएपछि लखनउले ठूलो स्कोरको आधार तय गरेको थियो।  शाहबाज अहमदले २५ बलमा अविजित ४३ रन र अक्षत रघुवंशीले १८ रन जोडे।

बलिङतर्फ चेन्नाईका जेमी ओभरटनले ३ विकेट लिए भने अंशुल कम्बोजले २ विकेट हात पारे।

चेन्नईका लागि उर्भिल पटेलले सर्बाधिक २३ बलमा ६५ रन बनाएका थिए भने कप्तान रुतुराज गायकवाडले ४२ र संजु सामसनले २८ रन बनाएका थिए ।

चेन्नाईका लागि उर्भिल पटेल नायक सावित भए। उनले मात्र २३ बलमा ६५ रनको आक्रामक इनिङ खेल्दै चेन्नाईको जितको बाटो सहज बनाएका थिए।

कप्तान रुतुराज गायकवाडले २८ बलमा ४२ रनको संयमित इनिङ खेले भने मध्यक्रममा सन्जु सामसनले १४ बलमा २८ रन जोड्दै टोलीलाई लक्ष्यको नजिक पुर्‍याए।

यो जितपछि चेन्नईको ११ खेलमा १२ अंक भएको छ र पाँचौं स्थानमा उक्लिएको छ । यो जितपछि चेन्नईको प्लेअफ पुग्ने सम्भावना कायम रहेको छ ।  त्यस्तै लखनउको यो यस सिजनमा ११ खेलमा आठौ हार हो । लखनउ प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ ।