१२ श्रावण २०८३, मंगलवार
,
Latest
बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेगनास सिँचाइ प्रणालीअन्तर्गतका शाखा नहर मर्मत गरिँदै



अ+ अ-

गण्डकी। बेगनास सिँचाइ प्रणालीअन्तर्गत रहेका पाँच वटा शाखाका नहर मर्मतसम्भार गरिने भएको छ ।

बेगनास सिँचाइ प्रणालीअन्तर्गतका नहरका ठाउँठाउँमा बिग्रिने/भत्किने समस्या देखिएपछि सङ्घीय बजेटबाट करिब रु ६० लाखको लागतमा मर्मत गर्न लागिएको हो ।

बेगनास सिँचाइ प्रणाली मूल उपभोक्ता समितिका अध्यक्ष राजुु खत्रीले यस सिँचाइ प्रणालीअन्तर्गत यहाँका करिब एक हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगिरहेको जानकारी दिनुभयो । नहरको मर्मतसम्भारका लागि प्रत्येक वर्ष बजेट विनियोजन हुने गरेको उल्लेख गर्दै उहाँले अघिल्लो वर्ष बजेट प्राप्त नभएको बताउनुभयो ।

पाँचवटै शाखाअन्तर्गतका नहरबाट ढुुङ्गेपाटन, खुदी, तल्लो गगनगौँडा, छुची, सातमुहाने, मालमूल, किमबेँसीलगायत स्थानमा सिँचाइ भइरहेको छ ।

यो प्रणाली सञ्चालनमा आएपछि यस क्षेत्रमा वर्षातसँगै हिउँदको समयमा खेती गर्न सकिने गरी सिँचाइ पुगेको बेगनास सिँचाइ प्रणाली शाखाका-२ का अध्यक्ष शिबबहादुर थापाले बताउनुभयो ।

सहज सिँचाइ सुविधा पुगेकाले किसानलाई सहज हुनुका साथै उत्पादनमा महत्वपूर्ण टेवा पुगिरहेको उहाँको भनाइ छ । रासस