१२ श्रावण २०८३, मंगलवार
,
Latest
काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सचिवालय बैठक जारी



रवि लामिछाने/ फाइल
अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ।

पार्टीका प्रवक्ता मनिष झाले बैठक सुरु भएको जानकारी दिएका हुन्। बैठकमा संगठन विस्तार, आन्तरिक व्यवस्थापन तथा आगामी कार्यक्रमसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ।

बैठकको कार्यसूचीमा पार्टीको भेला तथा अधिवेशनसम्बन्धी विशेष तालिका तय गर्ने, विभिन्न आयोग र विभागका पदाधिकारी मनोनयन गर्ने तथा जिल्ला समितिसम्बन्धी विषय समावेश गरिएको छ।

त्यसैगरी अनुशासनसम्बन्धी कारबाही, केन्द्रीय समिति बैठकको तयारी तथा पार्टी संरचनासँग सम्बन्धित अन्य विषयमा पनि छलफल हुने बताइएको छ।