३१ श्रावण २०८३, आईतवार
,
Latest
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट



अ+ अ-

काठमाडौँ। मुलुकका विभिन्न स्थानमा भएका आगलागीबाट विभिन्न धानमाल जलेर नष्ट भएका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-६ का रामअवतार यादवको घरमा विद्युत् सर्ट भई लागेको आगो फैलिएर सोही ठाउँ बस्ने जुगेश्वर यादव, जोगिनद्र यादव, अनिल यादव, रमन कुमार यादव र विद्यानन्द यादवको घरमा आगलागी हुँदा करिब रु २२ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी सप्तरी, रूपनी गाउँपालिका-१ रूपनी बस्ने ३० वर्षीय रामलखन यादवको घरमा आज बिहान आगलागी हुँदा करिब रु एक लाख ८४ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

ललितपुरको बागमती गाउँपालिका-७ गिम्दिबेसी बस्ने कृष्णप्रसाद दाहालको गोठमा आज बिहान आगलागी हुँदा करिब रु दुई लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । रासस