२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नि:शुल्क आँखा शिविरमा पाँच सय बढी लाभान्वित



अ+ अ-

पर्वत । जलजला गाउँपालिका–३ मल्लाजमा सम्पन्न निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दुको शल्यक्रिया शिविरमा पाँच सयभन्दा बढीको परीक्षण गरिएको छ । लायन्स क्लब अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा, नेपाल रेडक्रस सोसाइटीले बेनी अस्पताल परिसरमा सञ्चालन गरेको आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर आयोजना गरेको थियो ।

गाउँपालिकाको समन्वयमा तीन दिनसम्म सञ्चालन भएको शिविरमा न्यू होराइजन आवासीय मावि बेनी, प्याराडाइज बोर्डिङ, विद्याज्योति मावि, अमृत आदर्श बोर्डिङ स्कूल मल्लाज, नव उत्साही समूह बेनीले स्वयंसेवक परिचालन गरेका थिए । आइतबारदेखि शुरु भएको शिविरमा मल्लाज, बाँसखर्क, लेकफाँट, शालीजा, धाइरिङ, नागी, राम्चे र बेनीबजार आसापासका गाउँका आँखाका बिरामीले सेवा लिएका लायन्स क्लब अफ बेनी मल्लाजका द्वितीय उपाध्यक्ष विक्रम सुवेदीले जानकारी दिए ।

शिविरमा ५२३ जना लाभान्वित भएका क्लबका अध्यक्ष दिनेश बानियाँले बताए । हिमालायन आँखा अस्पताल पोखराका चिकित्सक हरिमाया गुरुङको नेतृत्वमा आँखा उपचार केन्द्र बेनी र मल्लाज स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले सेवा दिएका थिए ।

आँखा परीक्षण, परामर्श र मोतियाविन्दुको शल्यक्रिया सेवा दिइएको हो । दुई सय पुरुष र ३१५ महिलाले सेवा लिएका छन् । आठ महिला र नौ पुरुषको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । रु ३४ हजार ८४१ बराबरको औषधि र ६० हजार मूल्य बराबरका ३०० थान चश्मा निःशुल्क वितरण गरिएको क्लबका रवीन्द्र कँडेलले बताए ।