६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

ओभरलोड र सडक अनुशासनमा कडाइ गर्न अध्यक्ष बाँनियाको आग्रह

ओभरलोड र सडक अनुशासनमा कडाइ गर्न अध्यक्ष बाँनियाको आग्रह
अ+ अ-

काठमाडाैँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाले ओभरलोड नियन्त्रण र सडक अनुशासन कायम गर्न कडाइका साथ कदम चाल्न सरकार तथा प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनलाई पोखरामा सम्बोधन गर्दै अध्यक्ष बाँनियाले अहिले यातायात क्षेत्रमा देखिएका धेरै समस्या समाधान गर्न सरकार, प्रदेश र सुरक्षा निकायले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।

उनले विशेषगरी लुम्बिनी प्रदेशमा ओभरलोडको समस्या अत्यधिक बढेको उल्लेख गर्दै त्यसको असर बागमती र गण्डकी प्रदेशसम्म परेको बताए । ठूला उद्योग तथा फ्याक्ट्रीहरूले अत्यधिक भार बोकेर सवारी सञ्चालन गराउँदा सडक तथा पुलहरू जोखिममा परेको उनको भनाइ थियो ।

बाँनियाले भारतीय सवारी साधनले ओभरलोडकै कारण दुई वटा पुल भत्किएको उदाहरण दिँदै अहिलेको जरिवाना प्रणाली प्रभावकारी नभएको बताए । “३० हजार बराबरको ओभरलोड बोकेको सवारीलाई १५ सय रुपैयाँ जरिवाना तिर्नु कुनै ठूलो कुरा भएन,” उनले भने ।

उनका अनुसार बागमती प्रदेश सरकारले ओभरलोडको अनुपात र दूरीका आधारमा जरिवाना गर्ने व्यवस्था अघि बढाइसकेको छ । गण्डकी प्रदेशले पनि यस्तै नीति अवलम्बन गर्नुपर्ने उनको माग थियो ।

कार्यक्रममा उनले प्रहरी प्रशासनको ध्यान पनि सडक सुरक्षातर्फ केन्द्रित गराउन आग्रह गरे । उनले हाल दैनिक सयौँ सवारी चालक कारबाहीमा परिरहेको तथ्य उल्लेख गर्दै सडक अनुशासन अझै प्रभावकारी बन्न नसकेको बताए ।

“आज ४४६ जना कारबाहीमा परेका छन् भने भोलिपल्ट त्यो संख्या घट्नुपर्ने हो, तर झन् बढिरहेको छ,” उनले भने, “यसले सडक अनुशासन पालना कमजोर रहेको देखाउँछ ।”

उनले नयाँ सरकारले यातायात क्षेत्र सुधारका लागि काम गर्ने संकेत देखिएको भन्दै ओभरलोड नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने बताए । केवल जरिवानाले समस्या समाधान नहुने भएकाले ओभरलोड भएका सवारीलाई तत्काल भार घटाउन लगाउने व्यवस्था लागू गर्नुपर्ने उनको धारणा थियो ।

बाँनियाले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि प्रदेश सरकार, प्रहरी र व्यवसायी सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै यातायात व्यवसायीहरूको हकहित संरक्षणमा नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गरे ।