८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरा मन्दिरमा द्वारकापुरी दिव्यधाम निर्माण हुने



अ+ अ-

मध्यपुरथिमि । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा हालै निर्माण गरिएको माता पाथीभरा मन्दिर क्षेत्रमा द्वारकापुरी दिव्यधाम निर्माण गरिने भएको छ । सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटन विकास गर्नका लागि द्वारकापुरी दिव्यधाम निर्माण गर्न लागिएको मन्दिर मूल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए ।

यस क्षेत्रमा सत्सङ्ग हल, गुरूकुल, यज्ञशाला, पाठशाला, गौशाला, धर्मशाला, प्रतिक्षालय, द्वारका कुण्ड र मन्दिर प्रवेशको आकर्षक द्वार र सबै गोत्रका ऋषिका प्रतिमा स्थापना गर्ने गरी गुरुयोजना बनाइएको उनले बताए । मन्दिर मूल व्यवस्थापन समितिका संरक्षक एवं १०८ भागवत वाचक अरबिन्द्र शास्त्रीले पाथीभराको मन्दिर निर्माण भएपछि अहिले हरेक दिन दुईदेखि तीन सय धार्मिक पर्यटकले मन्दिरको दर्शन गर्न थालेका बताए ।

गत असोज १२ देखि २१ गतेसम्म सोही क्षेत्रमा लगाइएको शतचण्डी ज्ञान महायज्ञ गरी पाथीभार वैष्णोदेवीको मन्दिर स्थापना गरिएको बताउँदै उनले उक्त महायज्ञबाट रु १४ लाख ७४ हजार २८ आम्दानी भएको जानकारी दिए । गौ संरक्षक केन्द्रका अध्यक्ष नारायणप्रसाद न्यौपानेले मन्दिर क्षेत्रमा द्वारकापुरी दिव्यधाम निर्माण गर्न गौ संरक्षण केन्द्रले सहयोग गर्ने बताए ।