२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

धमाधम पक्राउ पर्दै विप्लव कार्यकर्ता



अ+ अ-

तुलसीपुर । प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन गइरहेको दाङमा प्रहरीले धमाधम नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तालाई पक्राउ गर्न थालेको छ । मङ्गलबार मात्रै दाङको बबई गाउँपालिका वडा नं २ ट्वाङखोला बस्ने ४८ वर्षीय रणबहादुर वलीलाई पक्राउ गरेको छ ।

सोही ठाउँमा हिँड्डुल गरिरहेको अवस्थामा मङ्गलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए । वली विप्लव समूहका जिल्ला कमिटी सदस्यसमेत रहेका छन् ।

प्रहरीले चार दिनको अवधिमा सो समूहका चार नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । यही मङ्सिर १४ गते क्षेत्र नं ३ को (ख) मा उपनिर्वाचन हुँदैछ ।