८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पचास वर्षअघिको फैसला हुन सकेन कार्यान्वयन



अ+ अ-

चितवन । चितवन जिल्ला अदालतमा विसं २०१६ जेठ १२ गते देखिको फैसला कार्यान्वयन हुन नसकेको पाइएको छ । अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार २०१६ सालमा भएको रु तीन हजार दुई सय जरिवानादेखि थपिँदै गएर वक्यौता जरिवाना रु १४ करोड ३२ लाख ५२ हजार ९६८ पुगेको छ ।

गिरीका अनुसार दुई हजार ६९३ जनाबाट सो जरिवाना रकम असुल गर्न बाँकी रहेको हो । यस्तै कैद तर्फ २४७३ वर्ष ११ महिना असुल गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

चार सय ५३ जनाबाट सो कैद भुक्तान गराउनुपर्ने रहेको छ । अदालतले कैद वा जरिवाना तोकेका व्यक्ति जिल्ला र जिल्ला बाहिर रहेका छन् । यस्तै कैद र जरिवाना दुवै लागेका एक हजार १४४ जना रहेको उहाँले जानकारी दिनुभयो ।

गिरीका अनुसार अदालतबाट दोषी ठहर भएका चार हजार २९० जना अहिले पनि समाजमा रहेका छन् । जसमा विदेशी नागरिक ६५ जना रहेका छन् । उनीहरुलाई अदालतले थुनछेक बहसका क्रममा धरौटी वा तारेखमा छोडेको भए पनि फैसला आइसकेपछि उनीहरु सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।

सरकारले फैसला कार्यान्वयनमा चासो नदिँदा अदालति फैसला कागजमा मात्र सीमित बन्ने गरेको उहाँको भनाइ छ । फैसला कार्यान्वयनका लागि अदालतले विशेष अभियान सञ्चालन गरेको भए पनि सो अभियानबाट चालु आर्थिक वर्षमा १३ जनालाई मात्र पक्राउ गरिएको छ । उनीहरुबाट आठ महिना र जरिवानास्वरुप रु ८३ हजार २५२ असुली गरिएको श्रेस्तेदार गिरीले जानकारी दिनुभयो ।

यस्तै जिल्लामा हालसम्म १० हजार ७१५ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । गत असार १९ गतेबाट यहाँ परिचयपत्र बनाउने कार्य शुरु भएको हो । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार अहिले दैनिक नागरिकता बनाउन आउनेलाई राष्ट्रिय परिचयपत्रसमेत बनाउन लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवन स्थापना भएयता जिल्लाबाट पाँच लाख ६८ हजार २७ जनाले नागरिकता लिएका छन् । ती सबैलाई राष्ट्रिय परिचयपत्र निर्माणका लागि प्रशासन कार्यालयले आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।

सरकारले फोटोसहितको बायोमेट्रिक स्मार्टकाड प्रयोग गर्नका लागि परिचयपत्र निर्माणको काम शुरु गरेको हो । व्यक्तिको राष्ट्रिय पहिचानको प्रमाणपत्रको रुपमा, मतदाता परिचयपत्रको रुपमा, जग्गा जमीन र अन्य सम्पत्तीको अभिलेख राख्न, सामाजिक सुरक्षाकाडको रुपमा यो परिचयपत्र अघि सारिएको हो ।

व्यक्तिगत विवरणसहित दशवटै औँलाको औँठा छाप, फोटो हुने भएकाले अन्य सामग्री बोकिराख्नुपर्ने झन्झट नहुने उहाँले जानकारी दिनुभयो ।