१ असार २०८३, सोमबार
,
Latest
कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज मन्त्रीमण्डल पुनर्गठन नहुने !



अ+ अ-

काठमाडौं । बुधबार हुने भनिएको मन्त्रिमण्डल पुनर्गठन स्थगित भएको छ । बुधबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नयाँ मन्त्री नटुंग्याएपछि नयाँ मन्त्रीको सपथ आज नहुने सम्भावना बढेको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषदको विषय आज नसकिएको बताए। यस्तै अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार मन्त्रिपरिषद पुनर्गठन भोलिमात्र हुने जानकारी दिइन्।

यसअघि मंगलबारको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्डल पुनर्गठन गर्ने बताएपनि सचिवालय बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली याक एण्ड यती होटलमा हुने एक कार्यक्रममा सहभागी हुन गएका छन्।

राष्ट्रपति कार्यालय शितल निवास स्रोतले पनि सपथका लागि तयारी गर्न बालुवाटारबाट कुनै सन्देश नआएको बतायो।