२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा लगानी गर्न उपप्रधानमन्त्रीको आग्रह



अ+ अ-

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानूनी रुपमै लगानी सुरक्षाको प्रत्याभूति गरिएको भन्दै नेपालमा लगानी गर्न संयुक्त अरब इमिरेट् (युएई) का लगानीकर्तालाई आग्रह गर्नुभएको छ । युएईको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री पोखरेलसँग दुबई उद्योग वाणिज्य सङ्घका अध्यक्षले आज गर्नुभएको भेटमा उहाँले नेपाल सरकारले निजी सम्पत्तिको राष्ट्रियकरण नगरिने, स्वदेशी तथा विदेशी लगानीबीच कुनै विदेभ नगरिने व्यवस्था गरेको बताउनुभयो ।

ठूला परियोजनामा लगानीसम्बन्धी सहजीकरण गर्न सरकारीस्तरमा प्रधानमन्त्रीको नेतृत्वमा लगानी बोर्डको व्यवस्था, करका दरमा सुधार, विशेष आर्थिक क्षेत्र र वस्तु तथा सेवा निर्यातमा कर छुटको व्यवस्था र विदेशी लगानीबाट प्राप्त नाफा र बिक्रीबाट प्राप्त रकम विदेशी मुद्रामा फिर्ता लैजाने सुविधा मिलाइएको भन्दै उहाँले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । उहाँले कृषि, पर्यटन, जलस्रोत, भौतिक पूर्वाधारलगायत क्षेत्रमा लगानी गरेर उच्च प्रतिफल लिन सकिने बताउनुभयो ।

दुई ठूला मुलुकको बीचमा रहेकाले बजारको कुनै पनि समस्या नरहेको र मध्यपूर्वका मुलुकमासमेत नेपाली उत्पादन भएका सामग्रीको बजार राम्रो रहेको उहाँको भनाइ थियो । युएई नेपालको तेस्रो ठूलो व्यापारिक साझेदार मुलुक भएको अवगत गराउँदै उपप्रधानमन्त्री पोखरेलले कृषिजन्य उत्पादन, पस्मिना, गहनालगायत सामानको निर्यात वृद्धि गरी नेपालको व्यापार घाटा न्यूनीकरणका लागि पहल गर्न आग्रह गर्नुभएको उहाँका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिनुभयो ।