१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

चिनियाँ प्राविधिक टोलीद्वारा दैलेखमा पेट्रोलियम अन्वेषण, एकैपटक चार सर्भे

चिनियाँ प्राविधिक टोलीद्वारा दैलेखमा पेट्रोलियम अन्वेषण, एकैपटक चार सर्भे
अ अ+ अ-

दैलेख । दैलेखकोे शिरिस्थान र नाभिस्थानलगायतका क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण गर्न दैलेख आएको चिनियाँ प्राविधिक टोलीले एकैपटक चारवटा सर्भे सुरु गर्ने भएको छ । नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि गर्नुपर्ने चारवटा सर्भे एकैपटक गर्न लागिएको हो ।खानी तथा भूगर्भ विभागका भूगर्भविद् दिनेश त्रिपाठीका अनुसार चिनियाँ प्राविधिक टोलीले अन्वेषणका लागि पहिलो चरणमा गर्नुपर्ने चार सर्भे एकैपटक सुरु गरिएको बताए ।

उनका अनुसार भू–सतहभित्र पेट्रोलियम पदार्थ भएकाले पहिलो चरण त्यसको भौगर्भिक सर्वेक्षणको कामसँगै अन्य तीनवटा सर्भे पनि सुरु भएको जानकारी दिए । उनका अनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि चार सर्भे अनिवार्य हुन्छ । त्यसमा पहिलो भौगर्भिक सर्भेको काम हो जो सबैभन्दा महत्वपूर्ण हुन्छ । उक्त सर्भेले जमिनमुनिको सतह पत्ता लगाउने र नक्सा निर्माण गर्ने गर्छ । कुन कुन भागमा पेट्रोलियम पदार्थ छ, त्यसका लागि भौगोलिक अवस्था के छ भनेर पत्ता लगाउने काम प्राविधिक टोलीले अन्तिम चरणमा पुर्याएको छ ।

अन्य तीनवटामध्ये भौगर्भिक सर्भे, भू–भौतिक सर्भे र जिओकेमिकल सर्भेका काम पनि एकैपटक सुरु गरिएको बताए । चिनियाँ प्राविधिक टोलीले पहिलोपटक गरेको सर्वेक्षणमा पेट्रोलियम पदार्थको परिमाण पत्ता लाग्ने र त्यसको उत्खनन कुन भागबाट गर्न सकिन्छ भन्ने निष्कर्ष निकालेपछि थप काम अगाडि बढ्ने जनाइएको छ । अन्वेषणको काम संवेदनशील भएकाले खोज तथा अनुसन्धानका विभिन्न प्रक्रिया सुरक्षित रूपमा राख्नुपर्ने भएका कारण पनि प्राविधिक टोलीले दैलेखको दुई स्थानमा बेस क्याम्प निर्माण गर्ने भएको छ ।

दैलेखको डुगेश्वर गाउँपालिका–१, बेलपाटाको चुप्रामा बेस क्याम्प निर्माण भएको दुल्लु नगरपालिकामा रहेको दुल्लु अस्पतालको आडमा बेस क्याम्प निर्माण गर्ने कार्य सुरु भएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । अन्वेषणको सहजताका लागि सुरक्षा जिम्मेवारी लिएको जिल्ला प्रशासन कार्यालय दैलेखले आवश्यक पर्ने सुरक्षा यसका लागि रणनीति तयार गरी कार्यान्वयन गरिरहेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए।

उनले दैलेखको पेट्रोलियम पदार्थको अन्वेषण नेपालको महत्वपूर्ण आयोजना भएका कारण सुरक्षा व्यवस्थालाई महत्वपूर्ण रूपमा लिइएको बताए । अहिले पेट्रोलियम पदार्थ भएको स्थानभन्दा २० किलोमिटर क्षेत्र वरपरको सर्भे भएको छ । विस्फोटक पदार्थ पड्काएर अन्वेषण गरिने हुँदा त्यसप्रति सुरक्षा निकायले विशेष चासो राखेको बताए । चीनका प्राविधिकसहित विभिन्न मुलुकमा पेट्रोलिम पदार्थ अन्वेषणमा काम गरेका १७ जना कामदार अन्वेषणमा आएका छन् ।

७० जना स्थानीय कामदार दैलेखबाट कार्यरत छन् । अन्वेषणका लागि भोजपुरबाट समेत विदेशमा अन्वेषणमा काम गरेका कामदारले अहिले दैलेखमा अन्य कामदारलाई काम सिकाइरहेका छन् । धनुषाका विन्देश्वर शाहले ड्रिलिङ गर्ने, विस्फोट गर्नेजस्ता काम विदेशमा समेत गरेकाले यहाँका कामदारलाई काम सिकाइरहेको बताए । गोरखापत्र दैनिकबाट