१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

काठमाडौँ–निजगढ द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन सम्भव देखियो

काठमाडौँ–निजगढ द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन सम्भव देखियो
अ अ+ अ-

काठमाडौँ । निर्माणाधीन काठमाडौँ–निजगढ द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव देखिएको छ । द्रुतमार्गमा पाइपलाइन बिछ्याउनका लागि गरिएको सम्भाव्यता अध्ययनले पाइपलाइन बिछ्याउन सम्भव देखिएको हो । नेपाल आयल निगमका प्रबन्धक भरत रेग्मीले पाइपलाइन बिछ्याउनका लागि गरिएको सम्भाव्यता अध्ययन सम्पन्न भएको जानकारी दिए । उनले अध्ययनले निर्माणाधीन द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव देखिएको जानकारी दिए ।

अमलेखगन्जसम्म आइपुगेको पाइपलाइनलाई पथलैयाबाट निजगढ नजिक रहेको दु्रतमार्ग हुँदै काठमाडौँ ल्याउने योजना छ । उनले भने, “द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउने कार्यलाई अध्ययनले सम्भव देखाएको छ । अबको दुई हप्ताभित्र सो अध्ययनको विस्तृत प्रतिवेदन ‘कन्सलट्यान्सी’ले नेपाल आयल निगमलाई बुझाउने छ ।” अध्ययन प्रतिवेदनले आयोजनाको सम्भाव्यता र चुनौती देखाउनुका साथै आयोजनाको लागत, पेट्रोलियम पदार्थ ढुवानीमा आयोजनाबाट निगमलाई हुनसक्ने बचतलगायतको विषयमा जानकारी प्राप्त हुने प्रबन्धक रेग्मीले बताए ।

पुल्चोक इन्जिनियरिङ अध्ययन क्याम्पसअन्तर्गतको ‘इन्जिनियरिङ कन्सलट्यान्सी सर्भिस’ले सो सम्भाव्यता अध्ययन गरेको हो । यसअघि काठमाडौँ–निजगढ द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनीद्वारा तयार डीपीआर र एसियाली विकास बैङ्क (एडीबी) द्वारा गरिएको अध्ययनमा समेत दु्रतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव रहेको उल्लेख गरिएको थियो । अहिलेसम्मको अध्ययनले भौगोलिक बनोटका कारण द्रुतमार्गमा रक्सौलबाट अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने जस्तो सहज हुन नसक्ने उनले बताए ।

उनले भने, “अमलेखगन्जदेखि काठमाडौँको सतह करिब एक हजार मिटर अग्लो छ । द्रुतमार्ग हुँदै पेट्रोलियम पाइपलाइनमार्फत काठमाडौँसम्म पेट्रोलियम पदार्थ ल्याउन कम्तीमा दुई ठाउँमा ‘बुस्टर पम्प’ जडान गर्नुपर्ने हुन्छ ।” मोतीहारीदेखि अमलेखगन्जसम्मको उचाइ दुई सय मिटर मात्र फरक छ । द्रुतमार्गमा ‘हाइराइज ब्रिज’ र सुरुङमार्ग निर्माण हुने भएकाले पुल र सुरुङमार्ग हुँदै पेट्रोलियम पाइपलाइन बिछ्याउने कार्य नेपालका लागि मात्र नभई दक्षिण एसियाका लागि नै नयाँ प्रयोग हुने छ । भारतमा समेत सुरुङमार्गभित्र पेट्रोलियम पाइपलाइन बिछ्याइएको छैन ।

नदी र खोला भएको ठाउँमा ‘होरिजेन्टल डेफ्थ ड्रिलिङ’ गरेर छ मिटरसम्मको गहिराइमा पाइप बिछ्याउन सकिने एउटा विकल्प देखिएको उनले बताए । द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउने विषयमा नेपाली सेनासँग नेपाल आयल निगमले दुई पटक बैठक गरेको छ । निगमका प्रबन्धक रेग्मीले सेना यस कार्यका लागि सकारात्मक रहेको बताए। सेनाले द्रुतमार्गमा पुल र सुरुङ निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको हुनाले पेट्रोलियम पाइपलाइन बिछ्याउने विषयमा प्राविधिक र कानुनी रूपमा छिट्टै निष्कर्षमा पुग्नुपर्ने सेनाको सुझाव छ  ।

‘इन्जिनियरिङ कन्सलट्यान्सी सर्भिस’का प्रमुख नारायणप्रसाद गौतमले द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउनेबारे गरिएको सम्भाव्यता अध्ययन सम्पन्न भई प्रतिवेदन तयारीको काम भइरहेको जानकारी दिए । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सरकारले निर्णय गरेको अवस्थामा द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सेना तयार रहेको बताए । गोरखापत्र दैनिकबाट