१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

अन्त:शुल्क स्टिकर विवाद सर्वोच्चमा

अन्त:शुल्क स्टिकर विवाद सर्वोच्चमा
अ अ+ अ-

काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइका लागि सरकारले आह्वान गरेको बोलपत्र रोक्न माग गर्दै मिराज प्रिन्टिङ सोलुसन प्रालिले दिएको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एक इजलासले टेन्डर प्रक्रियालाई यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि आइतबार बोलाएको छ। अदालतको अन्तिम फैसलापछि मात्र स्टिकर छपाइको टेन्डर प्रक्रिया अघि बढ्नेछ।

आन्तरिक राजस्व विभागले असोज १३ मा अन्तःशुल्क स्टिकर खरिदका लागि बोलपत्र आह्वान गरेको थियो। तर, कात्तिक २९ मा मिराजले स्वदेशी कम्पनीलाई प्रतिस्पर्धा गर्न नदिएकाले टेन्डर प्रक्रिया नै गलत भएको भन्दै सरकार विरुद्ध रिट दायर गरेको हो। कम्पनीका सञ्चालक मनोहरराज घिमिरेले दायर गरेको रिटमाथि सर्वोच्च अदालतले टेन्डर प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।

घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। सरकारलाई १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ। ‘यसमा के कसो भएको हो ? यसमा दुवै पक्ष राखी छलफल गर्न उपयुक्त हुने देखिँदा छलफलका लागि सूचना दिनू’, भनिएको छ।

सुरक्षण मुद्रणको परिभाषा राजपत्रमै:उद्योग तथा लगानी प्रवद्र्धन बोर्डबाट अनुमति लिएर मात्रै सुरक्षण मुद्रण उद्योग सञ्चालन गर्न पाउने व्यवस्था औद्योगिक व्यवसाय ऐन २०७६ मै छ। तर, कस्तो मुद्रण उद्योगलाई सुरक्षण मुद्रण उद्योग मान्ने उल्लेख नभएको उद्योग विभागका महानिर्देशक जिवनप्रकाश सिटौलाले बताए। उद्योग विभागका अनुसार हालसम्म कुनै उद्योगले सुरक्षण मुद्रण उद्योगको अनुमति पाएका छैनन्।

सुरक्षण मुद्रणको परिभाषा नभएकाले यस्तो विषयमा ठोस निर्णय लिन नसकेको सिटौैलाको भनाइ छ। उद्योग विभागले सुरक्षण मुद्रणको व्याख्या सरकारसँग नभएको बताइरहँदा २०७३ कात्तिक ८ मा सरकारले राजपत्रमा सुरक्षण मुद्रणको व्याख्या गरेको छ। राजपत्रमार्फत सरकारले सुरक्षण मुद्रण विकास समिति गठन आदेश जारी गर्यो। यसमा सुरक्षण मुद्रणमा राहदानी, हुलाक टिकट, अन्तस्शुल्क स्टिकर, बैंक नोट, स्मार्ट कार्ड, चेकबुक जस्ता सुरक्षण कागजात उल्लेख गरिएको छ। राजपत्र प्रकाशित भएपछि कानुन वा सम्बन्धी व्यवस्था लागू भएको मानिन्छ।

सुरक्षण मुद्रणको किचलो:उद्योग तथा लगानी प्रवद्र्धन बोर्डमा पेस भएको सुरक्षण मुद्रणसम्बन्धी मापदण्डको मस्यौदा छलफलका क्रममा छ। २०७१ चैत १८ मा अर्थ मन्त्रालय अन्तर्गत राजस्व व्यवस्थापन महाशाखाले नेपालमा सुरक्षित मुद्रण उद्योगलाई मान्यता दिने सम्बन्धमा अध्ययन गर्न उद्योग विभागका महानिर्देशकको संयोजकत्वमा राष्ट्र बैंक, आन्तरिक राजस्व विभाग, अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, मुद्रण विभाग, कानुन मन्त्रालयलगायत सम्बन्धित निकायका प्रतिनिधिसहित सात सदस्यीय कार्यदल गठन गरेको थियो। सोही कार्यदलले दिएको मापदण्डको मस्यौदा बोर्डले टुंगोमा पुर्याउन सकेको छैन।

मापदण्ड विचाराधिन नै रहेको अवस्थामा सार्वजनिक लेखा समितिले अन्तःशुल्क स्टिकर छपाइमा स्वदेशी उद्योगलाई सहभागी गराउन निर्देशन दिएपछि विषय थप गिजोलियो। सुरक्षण मुद्रणको विवाद त्यतिमा सीमित भएन सर्वोच्च पुग्यो। सर्वोच्चले यसपालि अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।अन्नपुर्णपोष्ट दैनिकबाट