१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

स्वास्थ्यमा उजुरीको चाङ, उपकरण खरिदसँग सम्बन्धित अधिकांश

स्वास्थ्यमा उजुरीको चाङ, उपकरण खरिदसँग सम्बन्धित अधिकांश
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले स्वास्थ्य सम्बन्धित १ सय ६७ उजुरी परेको जनाएको छ । पछिल्लो तीन वर्षयता विभिन्न प्रकृतिका १ सय ६७ नयाँ उजुरी दर्ता भएका हुन् । सबैभन्दा बढी उपकरण खरिद र अनियमितता सम्बन्धित छन् । २०७४/७५ मा ६६, २०७५/७६ मा ७५ र २०७६ कात्तिक मसान्तसम्म २५ वटा नयाँ उजुरी दर्ता भएको केन्द्रले जनाएको छ । पछिल्लो तीन वर्षमा १ सय ७७ उजुरी फछ्र्योट भएका छन् ।

जसअन्तर्गत वीर अस्पतालमा बिरामीलाई खुवाउने खाना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भवन निर्माणमा अनियमिततालगायत छन् । काठमाडौं बाहेक अन्य जिल्लामा उपकरण खरिद क्रममा लागत अनुमान तयार गर्दा ‘ओभरहेड कस्ट’ र ‘प्रोफिट’समेत जोडेर तयार गरेको विषयमा पनि उजुरी परेको छ । स्वास्थ्य कर्मचारी समायोजन प्रक्रियामा नियम मिचेको विषयमा समेत उजुरी परेको छ । त्यसबारे गुनासो नआउने गरी व्यवस्था गर्न केन्द्रले निर्देशन दिइसकेको छ ।

केन्द्रमा स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य कार्यक्रममा ‘कमिसन’का लागि आवश्यकै नभएको ‘क्लोरहेक्जिडिन आयन्टामेन्ट’ औषधि खरिद गरिएको विषयमा उजुरी परेको थियो । यसबारे केन्द्रले भविष्यमा ‘स्पेसिफिकेसन’ सम्बन्धित उजुरी नपर्ने गरी कार्य गर्न विभागलाई निर्देशन दिइसकेको छ । केन्द्र नीति निर्माण तथा अनुगमन महाशाखा अधिकृत भोलारमण अधिकारीले गुनासो आउन नदिने गरी व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिँदै आएको जानकारी दिए ।

‘हामीले मन्त्रालय र मातहतका कार्यालयलाई गुनासो आउन नदिने गरी नियमानुसार गर्न भनेर निर्देशन दिँदै आएका छौं,’ उनले भने, ‘पैसा हानि नोक्सानी सम्बन्धित उजुरी कतिपय अख्तियारमा समेत पठाउँदै आएका छौं । ’ केन्द्रका अनुसार स्वास्थ्य क्षेत्र सम्बन्धित २०७४/७५ मा १०२, २०७५/७६ मा ५८, २०७६ देखि हालसम्म १७ वटा उजुरी फछ्र्योट भएका छन् । राजधानी दैनिकबाट