१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिर्गौलापीडितलाई छ लाख ३४ हजार सहयोग



अ+ अ-

कास्की । दुवै मिर्गौला फेल भई उपचार गराइरहेका कास्कीको मादी गाउँपालिका–७ थाक घर भई हाल पोखरा महानगरपालिका–१३ लामोडहरमा बस्दै आएकी २४ वर्षीया मनिषा गुरुङलाई सञ्जीवनी दिदी–बहिनी केन्द्रले रु छ लाख ३४ हजार ३४० सहयोग गरिएको छ । गुरुङको आर्थिक अवस्था कमजोर रहेकाले मिर्गौला प्रत्यारोपणका लागि सहयोग पुर्याउने उद्देश्यले केन्द्रले बुधबार सो रकम पीडितलाई प्रदान गरिएको हो ।

हङकङ निवासी केन्द्रका संस्थापक सदस्य कमला गुरुङको सक्रियतामा हङकङमा सङ्कलित सो रकम केन्द्रकी अध्यक्ष बिना गुरुङले मनिषा बचाऊ अभियान सहयोग समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङलाई हस्तान्तरण गरेको थियो ।

अभियानका संयोजक गुरुङले मिर्गौला प्रत्यारोपणका लागि रु २० लाख खर्च लाग्ने चिकित्सकको भनाइ रहेको बताए । पीडित गुरुङले हाल हप्ताको दुईपटक डायलासिस गर्दै आएको छ । यसअघि सहयोग समितिले दीपावलीको अवसरमा देउसीभैलोमार्फत उपचारका लागि रु आठ लाख सङ्कलन गरेको थियो ।