२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुखको निर्णयमा पार्टीको कुनै हस्तक्षेप छैनः अध्यक्ष राई



अ+ अ-

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले उपसभामुखको भुमिका र निर्णय प्रक्रियामा पार्टीको कुनैपनि संलग्नता वा निर्देशन नरहने स्पष्ट पार्नुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले उपसभामुख पदमा निर्वाचित भएपछि सम्बन्धित व्यक्ति दलको सदस्य नरहने र तटस्थ भुमिकामा रहने संवैधानिक व्यवस्थाको स्मरण गराउनुभएको हो ।

अध्यक्ष राईले उपसभामुख रुवी कुमारीले शपथ ग्रहण गर्नुभन्दा दुई घण्टा अगाडि नै पार्टीबाट राजीनामा दिइसकेको बताउनु भयो । श्रम संस्कृति पार्टीले ‘दोहोरो चरित्र’ देखाएको भनी बाहिर भइरहेको चर्चाको खण्डन गर्दै उहाँले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध गर्ने र फेरि सोही प्रक्रियाबाट अघि सारिएका प्रधानन्यायाधीशका उम्मेदवारलाई उपसभामुखले समर्थन गर्ने विषयमा पार्टीलाई जोड्नु गलत भएको तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘शपथ ग्रहण गर्नुअघि नै उहाँले मलाई राजीनामा बुझाइसक्नुभएको हो। त्यसैले उहाँ अहिले हाम्रो दलको सदस्य हुनुहुन्न । उहाँ हाम्रो पार्टीको उम्मेदवारका रूपमा निर्वाचित हुनुभएको हो, तर पदभार ग्रहण गरेपछि उहाँ पूर्ण रूपमा तटस्थ हुनुहुन्छ ।

उपसभामुखले कहाँ भोट हाल्ने, कसरी कार्यसम्पादन गर्ने वा उहाँको व्यक्तिगत जीवन र कार्यशैली कस्तो हुने भन्ने विषयमा पार्टीले कुनैपनि हस्तक्षेप, निर्देशन वा उर्दी जारी गर्दैन । उहाँले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न स्वतन्त्र हुनुहुन्छ ।’

अध्यक्ष राईले उपसभामुखको मतदान गर्ने अधिकार उहाँको व्यक्तिगत र पदिय स्वतन्त्रताको विषय भएको भन्दै यसलाई पार्टीको नीतिसँग जोडेर नहेर्न समेत आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल