२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरका निजी विद्यालयलाई अवैध शुल्क नलिन निर्देशन



अ+ अ-

काठमाडौं । शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरले जिल्लाभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई प्रचलित शिक्षा ऐन तथा नियमविपरीत अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ ।

एकाइ कार्यालयका प्रमुख लक्ष्मण गिरीका अनुसार केही संस्थागत विद्यालयहरूले चर्को शुल्क असुल गर्ने, पुराना विद्यार्थीबाट समेत विभिन्न नाममा वार्षिक शुल्क लिने तथा नयाँ भर्नाका लागि परीक्षा शुल्क उठाउने गरेको गुनासो प्राप्त भएको छ ।

शुल्क लिएबापत विद्यालयहरूले कुनै पनि आधिकारीक रसिद नदिने गरेलगायतका विभिन्न माध्यमबाट कार्यालयमा उजुरी प्राप्त भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

यस्ता गतिविधि प्रचलित शिक्षा ऐन, नियमावली, विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि–२०७८ विपरीत रहेको जनाउँदै उहाँले त्यस्ता कार्य तत्काल रोक्न आग्रह गर्नुभयो ।

एकाइले सम्बन्धित स्थानीय तहलाई समेत क्षेत्रभित्रका विद्यालयहरूको अनुगमन गरी नियमअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको जनाएको छ ।