३१ जेष्ठ २०८३, आईतवार
,
Latest
पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अनिश्चित



अ+ अ-

सुर्खेत । संसद् बैठकका लागि पर्याप्त कार्यसूचि(विजनेस) नहुँदा कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन ढिला शुरु हुने भएको छ । मन्त्रालयमा विधेयक मस्यौदाकै चरणमा रहेकाले तत्काल हिउँदे अधिवेशन आह्वानको सम्भावना नरहेको सरकारले जनाएको छ ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले हिउँदे अधिवेशन ढिला शुरु हुने बताउनुभयो । “विधेयक ड्राफ्ट हुँदैछन्, यसपटक ढिला शुरु हुन्छ होला,” उहाँले भन्नुभयो । प्रदेश सरकार (मन्त्रिपरिषद्) को सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रावधान छ । कर्णाली प्रदेशसभाको वर्षे (बजेट) अधिवेशन गत असोज १० गते अन्त्य भएको थियो ।

संसद् अधिवेशन शुरु नहुँदा सांसदहरु फुर्सदिला बनेका छन् । चाडपर्व मनाउन गएका सांसदहरु यतिबेला संसद् बैठकको पर्खाइमा प्रदेश राजधानी आउनेक्रम बढेको छ । यस अवधिमा सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्ती विष्टसहित प्रदेशसभाका केही सदस्यहरुले अन्तर प्रदेश भ्रमण गर्नुभयो । उहाँहरुले प्रदेश ५ हुँदै प्रदेश १ सम्म पुगेर त्यहाँका प्रदेशसभाले गरेका कामकारवाहीको अध्ययन अवलोकन गर्नुभएको थियो ।

कतिपय सांसदहरु आआफ्नो निर्वाचन क्षेत्रका जनताका भेटघाट गर्नुका साथै प्रदेश सरकारबाट सञ्चालित योजनाको अनुगमन गरी फर्किएका छन् । दैलेख १ (क) बाट प्रतिनिधित्व गर्नुहुने प्रदेशसभा सदस्य धर्मराज रेग्मीले निर्वाचन क्षेत्रका सबै गाउँबस्ती घुमेर जनताको आवश्यकता र विकास निर्माणको अनुगमन गरी फर्किएको जानकारी दिनुभयो ।

कर्णाली प्रदेशसभामा विपक्षी दलका नेता जीवनबहादुर शाही भने उपनिर्वाचनको प्रचारप्रसारका लागि गृह जिल्ला हुम्लामै व्यस्त हुनुहुन्छ । उहाँ आफैँ मतदाता रहेको खार्पुनाथ गाउँपालिकामा आगामी मङ्सिर १४ गते उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । मतदान गरेर प्रदेश राजधानी वीरेन्द्रनगर फर्कने नेता शाहीले बताउनुभयो । सभामुख राजबहादुर शाहीले संसद् अधिवेशन बोलाउने सरकारको निर्णयकै पर्खाईमा रहेको बताउनुभयो । सरकारले अधिवेशन आह्वान गरेलगत्तै सचिवालयमा दर्ता भएका विधेयकबारे प्राथमिकताका आधारमा बैठकमा छलफल हुने उहाँको भनाइ छ ।