६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान न्यायाधीश सिफारिस भएका डा.शर्माको संसदीय सुनुवाइ आजदेखि सुरु हुने



अ+ अ-

काठमाडौँ । संवैधानिक परिषद्ले प्रधान न्यायाधीशमा सिफारिस गरेका न्यायाधीश डा. मनोजकुमार शर्मा को संसदीय सुनुवाइ प्रक्रिया आजैबाट सुरु हुने भएको छ।

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ।

बैठक सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा बस्नेछ।

समितिको बैठकले प्रधान न्यायाधीशका लागि सिफारिस भएका शर्माको संसदीय सुनुवाइ सम्बन्धी प्रक्रिया अघि बढाउने जनाइएको छ।