• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

गाउँ उज्यालो भएपछि स्थानीय खुशी



सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेक्पा गाउँका स्थानीयवासीले पाँच वर्षपछि उज्यालो देख्न पाएका छन् । वडा नं –१ हेक्पा गाउँमा निर्माणाधीन धुनीतुङ्चा लघु जलविद्युत् सञ्चालनमा आएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् ।

निर्माण भएको पाँच वर्षपछि बुधबार काम सम्पन्न भई बत्ती बल्न शुरु भएको वडा नं –१ हेक्पाका अध्यक्ष पेमा लामाले जानकारी दिनुभयो । बीस किलोवाट क्षमता भएको धुनी लघुजलविद्युत् परियोजनाको सबै काम सम्पन्न भएर गाउँलाई अन्धकारमुक्त गरिएको उहाँले जानकारी दिनुभयो । यहाँका स्थानीयवासीले बत्ती नहुँदा अँध्यारोमा सल्लाको दियालो बाल्दै आएका हेक्पावासीले पहिलो पटक बत्ती बल्दा खुशियाली मनाएको स्थानीयवासी अटोक लामाले बताउनुभयो ।
पावर हाउसमा केही दिन अगाडि उत्पादित विद्युत्को परीक्षणकार्य सफल भएपछि गाउँमा बुधबारदेखि बत्तीबाल्न शुरु गरेको लामाले जानकारी दिनुभयो । धुनी लघुजलविद्युत् परियोजना स्थानीय उपभोक्ताबाट निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

निर्धारित समयको डेढवर्षपछि विद्युत् परियोजनाको निर्माणकार्य सम्पन्न भएको हो । हेक्पा र ताङ्नि गाउँका १४५ घरधुरीका बासिन्दा यसबाट लाभाविन्त भएका छन् । बत्ती आएपछि हेक्पा, ताङ्नि गाउँमा २४ घण्टासम्म गाउँनै झिलिमिली गरिएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो । यातायातको असुविधाले मेसिन तथा अन्य उपकरण पावरहाउससम्म पुर्याउन समस्या भएपछि परियोजनाको निर्माणकार्य ढिलो भएको अध्यक्ष लामाले बताउनुभयो ।
वैकल्पिक ऊर्जा र नाम्खा गाउँपालिकाको विद्युत् परियोजनाका लागि रु एक करोड २० लाखकोलागत लागेको उहाँले जानकारी दिनुभयो । बत्ती सञ्चालन भएपछि दुई गाउँमा काठ तथा अन्य उद्योग प्रयोगमा ल्याउन सकिने भएको छ ।