४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

गाउँ उज्यालो भएपछि स्थानीय खुशी

गाउँ उज्यालो भएपछि स्थानीय खुशी
अ+ अ-

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेक्पा गाउँका स्थानीयवासीले पाँच वर्षपछि उज्यालो देख्न पाएका छन् । वडा नं –१ हेक्पा गाउँमा निर्माणाधीन धुनीतुङ्चा लघु जलविद्युत् सञ्चालनमा आएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् ।

निर्माण भएको पाँच वर्षपछि बुधबार काम सम्पन्न भई बत्ती बल्न शुरु भएको वडा नं –१ हेक्पाका अध्यक्ष पेमा लामाले जानकारी दिनुभयो । बीस किलोवाट क्षमता भएको धुनी लघुजलविद्युत् परियोजनाको सबै काम सम्पन्न भएर गाउँलाई अन्धकारमुक्त गरिएको उहाँले जानकारी दिनुभयो । यहाँका स्थानीयवासीले बत्ती नहुँदा अँध्यारोमा सल्लाको दियालो बाल्दै आएका हेक्पावासीले पहिलो पटक बत्ती बल्दा खुशियाली मनाएको स्थानीयवासी अटोक लामाले बताउनुभयो ।
पावर हाउसमा केही दिन अगाडि उत्पादित विद्युत्को परीक्षणकार्य सफल भएपछि गाउँमा बुधबारदेखि बत्तीबाल्न शुरु गरेको लामाले जानकारी दिनुभयो । धुनी लघुजलविद्युत् परियोजना स्थानीय उपभोक्ताबाट निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

निर्धारित समयको डेढवर्षपछि विद्युत् परियोजनाको निर्माणकार्य सम्पन्न भएको हो । हेक्पा र ताङ्नि गाउँका १४५ घरधुरीका बासिन्दा यसबाट लाभाविन्त भएका छन् । बत्ती आएपछि हेक्पा, ताङ्नि गाउँमा २४ घण्टासम्म गाउँनै झिलिमिली गरिएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो । यातायातको असुविधाले मेसिन तथा अन्य उपकरण पावरहाउससम्म पुर्याउन समस्या भएपछि परियोजनाको निर्माणकार्य ढिलो भएको अध्यक्ष लामाले बताउनुभयो ।
वैकल्पिक ऊर्जा र नाम्खा गाउँपालिकाको विद्युत् परियोजनाका लागि रु एक करोड २० लाखकोलागत लागेको उहाँले जानकारी दिनुभयो । बत्ती सञ्चालन भएपछि दुई गाउँमा काठ तथा अन्य उद्योग प्रयोगमा ल्याउन सकिने भएको छ ।