काठमाडौं । निवर्तमान श्रम मन्त्री गोकर्ण बिष्ट मन्त्रालयबाट फर्किदा भाडाको ट्याक्सी चढेर निवास फर्किएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गरेपछि मन्त्री बिष्ट मन्त्रालय पुगेर कर्मचारीलाई धन्यवाद दिएका भाडाको ट्याक्सी चढेर निवास फर्किएका हुन् ।
बुधबार साँझ प्रधानमन्त्री ओलीले गरेको मन्त्रीमण्डल हेरफेरमा बर्खास्तगीमा परेका मन्त्री बिष्ट बिहीबार मन्त्रालय पुगेर कर्मचारीलाई धन्यवाद दिए। उनले मन्त्रालयमा राम्रो काम गरिराखेको पनि बताएका थिए।
बिष्ट मन्त्रालयबाट सिंहदरबारको दक्षिणी ढोकासम्म हिँडेर पुगे। त्यसपछि ट्याक्सी खोजीमा लागे। केहीबेरमा एउटा ट्याक्सी आयो मन्त्री बिष्टले सँगै आएका शुभेच्छुकलाई हात हल्लाए अनि ट्याक्सीभित्र पसे।