१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

पर्यटकको चहलपहलसँर्गै सडकको स्तरोन्नति

पर्यटकको चहलपहलसँर्गै सडकको स्तरोन्नति
अ अ+ अ-

दैलेख । पर्यटकको चहलपहलसँगै निकै महत्वपूर्ण मानिएको माहाबुधाम सड्कको स्तरोन्नति हुँदै छ । दैलेख र कालीकोटको सिमानामा पर्ने समुद्र सतहदेखि तीन हजार ८०० मिटर उचाइमा कच्ची सडक पुगेको छ ।
सडकको स्तरोन्नति भए १२ महिना नै आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने देखिन्छ भने कर्णाली राजमार्गको जोखिम र लामो यात्राको दुरी घट्ने देखिन्छ । दैलेख र कालीकोटको सिमानासम्मका लागि सहज यातायात सुविधा प्रदान गर्न समुद्री सतहदेखि तीन हजार ८०० मिटर उचाइमा रहेको यो पर्यटकीय सडक निर्माणको शुरुवात विगत दश वर्षदेखि गरिएको हो । पर्यटकीय गन्तव्य मानिएको कच्ची सडक अवका केही वर्षमै चार हजार २०० मिटर उचाइमा रहेको माहाबुधाममै पु¥याएरै छोड्ने योजनाका साथ निरन्तर लागिरहेकोे प्रतिनिधिसभा सदस्य रवीन्द्र शर्माले बताउनुभयो ।

तत्कालीन जिल्ला विकास समितिमार्फत सञ्चालन भएको ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत दैलेखदेखि महाबुसम्मको ४२ किलोमिटर सडक निर्माण कार्यका लागि करीब रु १० करोड बढीखर्च भइसकेको जिल्ला समन्वय समिति दैलेखले जानकारी दिएको छ ।
अहिले कच्ची सडकमार्फत दैलेखदेखि कालीकोटको गाल्जेसम्म यात्रा गर्न सकिन्छ । साना जीप र ट्र्याक्टर आवतजावत हुने गरेका छन् । कच्ची सडकमा धेरैजसो रातो माटो भएकाले सामान्य पानी पर्दा पनि सवारी साधन चिप्लने समस्याले यो सडकमा यात्र गर्ने पर्यटक र यात्रुहरु निकै कष्टकर यात्रा गर्नुपर्ने बाध्यता रहेको भए पनि यो वर्षबाट सरकारले सडकको स्तरोन्नति गर्ने भएपछि यहाँको व्यापार व्यवसायमा समेत निकै सकारात्मक प्रभाव पर्ने दैलेख उद्योग वाणिज्य सङ्घले जानकारी दिएको छ ।
नेपाल सरकारले गतवर्षदेखि पहिलो प्राथमिकतामा राखेको कर्णाली प्रदेशको सुर्खेत दैलेख सदरमुकाम महाबुलेक कालीकोट जुम्ला , हुम्ला, मुगुहुँदै चीनको नाकासम्म जोड्ने त्रिदेशिय सडकका लागि यो वर्ष विनियोजन भएको रु ५२ करोडमध्ये दैलेखको काँडाचौरबाट सडक स्तरोन्नतिको काम शुरु हुने प्रदेशसभा सदस्य अमरबहादुर थापाले जानकारी दिनुभयो । यसका लागि आफू लगातार मन्त्रालयसँग समन्वय गरिरहेको र यो विनियोजित योजना भित्र्याएका केही समयभित्र ठेक्का खोल्ने जानकारी थापाले दिनुभयो ।
दैलेख र कालिकोटको सिमानाको महाबु सडकको स्तरोन्नति भए चार हजार २०० मिटर अग्लो स्थानमा रहेको धार्मिक पर्यटकीय क्षेत्रमहावु धामको सुन्दरता हेर्न सबै सिजनमा पर्यटकको आगमन हुने देखिन्छ । हरियाली फाँट भएकोले पाटनमा भेडा चरन सँगै विभिन्न जातका जडीबुटीको उत्पादनबाट स्थानीयवासीले मनग्य आम्दानी लिनसक्ने जिल्ला समन्वय समिति दैलेखका प्रेमबहादुर थापाले जानकारी दिनुभयो ।
दैलेख सदरमुकाम महाबु र कालीकोटको गाल्जे हुँदै जुम्ला सडक जोडिन सके अहिले कर्णाली राजमार्गको जोखिमयात्रा न्यूनीकरण हुनुको साथै ७९ किलोमिटर सडक छोटो हुने र सामान ढुवानी र यात्रुहरुलाई समेत भाडादरमा कमी हुने देखिन्छ । पर्यटक दिनप्रतिदिन बढ्दै गएको भए पनि यहाँ पुग्ने सडकको स्तरोन्नति छिटो व्यवस्थित हुनुपर्ने देखिन्छ ।