१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

संवैधानिक परिषद्स अध्यादेशमा कांग्रेसको घोर आपत्ति व्यक्त

संवैधानिक परिषद्स अध्यादेशमा कांग्रेसको घोर आपत्ति व्यक्त
अ अ+ अ-

काठमाडौं । सरकारले संवैधानिक मूलभूत मान्यतालाई परिवर्तन गरी संवैधानिक परिषद्सम्बन्धी ऐन अध्यादेशमार्फत ल्याउन खोजेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ । उपनिर्वाचनको अनुगमनका लागि बनेको अनुगमन तथा निर्वाचन आयोग समन्वय समितिका संयोजक रमेश लेखकले बिहीबार पत्रकार सम्मेलन गर्दै संवैधानिक परिषद्को कार्यविधि घटाएर अध्यादेश ल्याउन खोजेको भन्दै आपत्ति जनाए ।

संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गर्दा यसअघि परिषद्ले सर्वसम्मत निर्णय गर्ने प्रावधान छ । तर, सरकारले अघि बढाउन खोजेको प्रस्तावमा संवैधानिक परिषद्का ६ सदस्यमध्ये तीनजना उपस्थित भए गणपूरक संख्या पुग्ने र परिषद्का अध्यक्षले आयोगमा पदाधिकारी चयन गर्न सक्ने प्रावधान राखिएको छ । प्रतिपक्षीलाई बेवास्ता गर्दै सरकार अधिनायकवादको बाटोमा अग्रसर भएको भन्दै कांग्रेसले यस्तो प्रावधानको तयारीप्रति आपत्ति जनाएको हो ।

‘संवैधानिक परिषद्का मूलभूत मान्यता परिवर्तन गरेर अध्यादेश राष्ट्रपतिसमक्ष पु(याएको जानकारी पाएका छौँ,’ लेखकले भने, ‘परिषद्को कार्यविधि घटाएर, संवैधानिक निकायमा सर्वसम्मत नभई बहुमतबाट नियुक्ति गर्न सकिने प्रावधानप्रति हाम्रो आपत्ति छ ।’

‘आचारसंहिता उल्लघंन भयो’:संयोजक लेखकले उपनिर्वाचनलाई प्रभावित गर्नका लगि सत्ता पक्षले केन्द्रदेखि वडा तहसम्मै आचारसंहिता उल्लघंन गरेको भन्दै आपत्ति जनाए । १४ मंसिरमा ३७ जिल्लाका विभिन्न ५२ स्थानमा हुने उपनिर्वाचनमा सरकारका जिम्मेवार व्यक्ति र जनप्रतिनिधिहरू नै आचारसंहिता उल्लघंनमा लागेको भन्दै लेखकले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

‘निर्वाचनको मुखमा प्रदेशप्रमुख हटाउने र नियुक्त गर्ने, सार्वजनिक पद धारण गरेका जनप्रतिनिधिहरू चुनावी प्रचारमा हिँड्ने मात्र होइन, परिणामलाई प्रभावित गर्न डोजर लगाउने र कम्बल बाँड्नेसम्मका काम सत्ता पक्षबाट भएका छन्,’ लेखकले भने, ‘निर्वाचनलाई प्रभाव पार्न लागिएपछि यसलाई रोक्न निर्वाचन आयोगले आचारसंहितालाई कडाइका साथ लागू गर्नुपर्छ ।’

गत ८ कात्तिकदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता लागू भए पनि सरकार स्वयं सरकारको नेतृत्व गरेको राजनीतिक दल, सो दलबाट निर्वाचित जनप्रतिनिधिहरूबाट निर्वाचन आचारसंहिताको ठाडो उल्लघंन भएकोप्रति आयोगलाई कडाइका साथ उत्रन उनले आग्रह गरे ।

समितिको प्रतिनिधिमण्डलले २९ कात्तिकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूसँग भेटघाट गरी सरकार र सत्ता पक्षीय राजनीतिक दलका प्रतिनिधिहरूबाट भएका आचारसंहिता उल्लघंनका घटना तत्काल रोक्न र भविष्यमा आचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्नका लागि लिखित ध्यानाकर्षण गराइसकेको लेखकले बताए । नयाँ पत्रिका दैनिकबाट