१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्रीले दिए यस्तो निर्देशन…

नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्रीले दिए यस्तो निर्देशन…
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चार दिनभित्र प्रस्ट कार्ययोजनासहित उपस्थित हुन नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले चार दिनपछि बस्ने मन्त्रालयहरूको चौमासिक समीक्षा बैठकमा प्रस्ट कार्ययोजनासहित उपस्थित हुन निर्देशन दिएका हुन् ।

‘चार दिनपछि अर्को चौमासिक बैठक हुँदै छ, त्यो बैठकमा मलाई तपाईंहरूको मन्त्रालयको प्रस्ट कार्ययोजना चाहिन्छ, अहिलेको अवस्था झल्किने खालका गर्न सकिने कामको प्रस्ट खाका लिएर आउनुहोला,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनका सञ्चारविज्ञ रामशरण बजगाईंले भने, ‘पदभार ग्रहण गरेर आजै (बिहीबार)बाटै काम थालिसक्नुभएको छ, सबै मन्त्रालयका सचिवहरूसँग अहिलेसम्मका कामका सबै तथ्यांक र कार्ययोजना छँदै छन्, त्यसैले तपाईंहरूले पहिलेभन्दा अझ धेरै काम गर्ने गरी समीक्षा बैठकमा योजना ल्याउनुहोला ।’

समृद्ध नेपाल निर्माणको अभियानमा रहेकाले अनावश्यक काममा एक मिनेट पनि समय नखर्चिनसमेत प्रधानमन्त्रीको निर्देशन छ ।

चिनियाँ राष्ट्रपति आउँदाजस्तै सधैँ टल्काउनुस् सडक:प्रधानमन्त्री ओलीले काठमाडौंका सडक सधैँ सफाचट राख्न निर्देशन दिएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री र सचिवका साथै सम्बन्धित मन्त्रालयलाई निर्देशन दिँदै उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदाजस्तै सडक सधैँ सफाचट पार्न भनेका छन् । ‘जनताले प्रश्न गर्ने गरेका छन्– चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा आउँदा सात दिनमै टिलिक्क सफाचट बनाइन सकिने हाम्रा सडक किन सधैँ त्यस्ता हुन सक्दैनन् ?’

प्रधानमन्त्रीको भनाइ थियो, ‘सबैको समन्वयमा सडकको काम व्यवस्थित गर्नुस् र सफाचट बनाउनुस् ।’ प्रधानमन्त्रीले अन्तरमन्त्रालय समन्वयको कमजोरी देखाएर सडकका काम भद्रगोल बनाइराखे आफूलाई मान्य नहुने चेतावनी दिएका छन् । ‘आवश्यक समन्वयका साथ काम होस्, त्यसका लागि बलियो संयन्त्रसहित काम गर्नुस्, जसको जिम्मेवारी हो, त्यसले गर्नुपर्ने काम नअड्कीकन तत्काल सम्पन्न होस्,’ उनले निर्देशन दिएका छन् । नयाँ पत्रिका दैनिकबाट