१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

अवैध ढंगले करोडौंका जडिबुटी निकासी गर्ने वनकै अध्यक्ष र सचिव प्रहरी फन्दामा

अवैध ढंगले करोडौंका जडिबुटी निकासी गर्ने वनकै अध्यक्ष र सचिव प्रहरी फन्दामा
अ अ+ अ-

बाजुरा । गैर कानूनी रुपमा जडीबुटी संकलन गरिरहेको अबस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिमाली गाउपालिका १ बामु देबीडाडा सामुदायिक बनका अध्यक्ष राजबहादुर भण्डारी र सचिव बियलाल रोकाया रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

गैर कानूनी रुपमा जडीबुटी संकलन भईरहेको गोप्य सुचनाका आधारमा प्रहरी चौकी विच्छायाबाट खटीयको प्रहरी टोलीले अन्दाजी एक क्युन्टल कटुकी सहीत दुई जना बन उपभोक्त समितिका पदाधिकारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक उद्धबसिंह भाटले जानकारी दिए । अबैध रुपमा संकलित जडीबुटी बन उपभोक्ता समितिका उपाध्यक्ष गोर्ख भण्डारीको जिम्मा दिएर पक्राउ परेको दुबै जनालाई जिल्ला सदरमुकाम ल्याईएदै गरेको भाटले बताए ।

जिल्ला सदरमुकाम ल्याएर अनुसन्धान थालिने र कानून बिपरित संकलन गरिएको पाईएमा बन एैन अनुसार कार्बाही गरिने प्रहरी प्रमुख भाटले बताएको छ । उक्त ठाउ जिल्ला सदरमुकाम मार्तडीबाट पाँच दिनको पैदल दुरीमा पर्छ भने बिच्छाया प्रहरी चौकी रहेको कवाडीबाट दुई दिनको पैदल दुरीमा रहेको छ । बाजुरा जिल्लामा पाइने सेतकचीनी जस्तै कटुकी, पाच औले भुल्ते सेतक चीनी लगायत करोडौंको जटिबुडी इजाजत पत्र बिना संकलन र हुम्ला, जुम्ला र कालिकोट तिर निकासी भइरहेको पटक पटक सुचना आइरहने गरेका छन् ।

तस्करले चोरी छिपी वार्षिक करोडौंका जडिबुटी अवैध ढंगले निकासी गरिरहेको प्रति स्थानीय जडिबुटी व्यवसायी समेत आक्रोशित छन् । जिल्लामा जटिबुडी उद्योग भएको कागज देखाएर सुदूरपश्चिमको जडिबुटी सोझै भारत र चिन लगायत देश बाहिर लिने गरिरहेका छन् । राजधानी दैनिकबाट