१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

मन्त्रिपरिषद् पुनर्गठनपछि अध्यक्ष दाहाल र नेपालको भेट

मन्त्रिपरिषद् पुनर्गठनपछि अध्यक्ष दाहाल र नेपालको भेट
अ अ+ अ-

काठमाडौं । पार्टीमा कार्यकारी अधिकार पाएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेताहरूसँग परामर्श थालेका छन्। दाहालले बिहीबार वरिष्ठ नेता माधवकुमार नेपालसँग उनकै निवास कोटेश्वरमा भेट गरे। ‘उहाँहरूबीच बिहीबार बिहान भेट भयो’, नेपालका स्वकीय सचिव मोहन गौतमले भने, ‘समसामायिक राजनीतिमा छलफल केन्द्रित भयो होला। ’

स्थायी समिति र केन्द्रीय कमिटी बैठक बोलाएर पार्टी एकीकरणका बाँकी काम, विभाग र जनवर्गीय संगठनहरूको पूर्णता, प्रदेश २ कमिटीको विवाददेखि भइपरी आउने कामलाई व्यवस्थित बनाएर लैजान नेपालले आग्रह गरेको स्रोत बताउँछ। दाहालनिकट स्रोतले भने सामान्य भेट मात्र भएको बताएको छ। अन्य नेतासँग पनि छलफल गरी पार्टी बैठक बोलाउने सोच बनाएको जनाइएको छ।

दाहालले ओलीसँगकै छलफलमा स्थायी समिति बैठक बोलाउने विषयमा पनि कार्यविभाजनपूर्व नै मोटामोटी सहमति बनाएका छन्। नेपाल नेकपामा फरक धारको नेतृत्व गर्दै अगाडि बढिरहेका नेता हुन्। विधि र पद्धतिको विकास गर्नुपर्ने अडानसहित उनले पार्टी एकतायता तीनपटक असहमतिपत्र दर्ता गराएका छन्।

दाहाललाई कार्यकारी जिम्मेवारी र केपी शर्मा ओलीलाई पाँच वर्ष सरकारको नेतृत्व दिने गरी सचिवालय बैठकले बुधबार दुई अध्यक्षको कार्यविभाजन गर्दा भने सर्वसम्मत निर्णय भएको थियो। एकताको १८ महिनापछि दुई अध्यक्षको कार्यविभाजन टुंग्याउँदै नेकपाले दाहाललाई पार्टीको ‘कार्यकारी’ अधिकार दिएको हो। अन्नपुर्णपोष्ट दैनिकबाट