२१ भाद्र २०८३, आईतवार
,
Latest
जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारकर्मीलाई समाचार संकलनमा किन रोक लगाइयो ? मन्त्रीको जवाफ–‘पत्रकारका पनि सीमा हुन्छन्’



अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले मिडियालाई रोक्न नभई व्यवस्थित गर्न खोजेको बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसँगको बजेटबारे छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निजी मिडियाले विज्ञापन पाइरहेको दाबी गर्दै यसलाई थप पारदर्शी र कानूनसम्मत बनाइने उल्लेख गर्नुभयो ।

सञ्चारकर्मीहरूलाई विभिन्न स्थानमा समाचार संकलनमा किन रोक लगाइयो ? भन्ने प्रश्नमा मन्त्रीले नागरिक, मन्त्री र पत्रकार सबैका आफ्नै सीमा हुने बताउनु भयो ।

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पत्रकारलाई प्रवेश निषेध गरिएको प्रसङ्गमा उहाँले होल्डिङ सेन्टरमा बस्ने व्यक्तिहरूको व्यक्तिगत गोपनीयता, सुरक्षा र संवेदनशीलतालाई ध्यान दिनुपर्ने बताउनु भयो । सबैले आफ्नो पेसागत मर्यादा र सीमाभित्र रहेर काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारी विज्ञापनको पैसा लक्षित वर्गसम्म पुगेको छ कि छैन र त्यसको कतै दुरुपयोग त भइरहेको छैन भन्नेमा सरकार सचेत छ । हामी समग्र मिडिया क्षेत्रलाई कसरी दिगो र मर्यादित बनाउने भन्नेमा केन्द्रित छौँ ।

होल्डिङ सेन्टरमा बस्ने व्यक्तिहरूको व्यक्तिगत गोपनीयता, सुरक्षा र संवेदनशीलतालाई ध्यान दिनुपर्ने हुन्छ । सबैले आफ्नो पेशागत मर्यादा र सीमाभित्र रहेर काम गर्नुपर्छ । आजको युगमा डिजिटल पहुँच भनेको मानव अधिकार हो । यसलाई गम्भीरतापूर्वक लिँदै मन्त्रालयले देशभर दूरसञ्चारको पहुँच पु¥याउने गरी तयारी गरिसकेको छ ।’

देशका विभिन्न भागमा टेलिफोन टावर र नेटवर्कको समस्या रहेको स्वीकार गर्दै मन्त्री तिमिल्सिनाले आगामी दुई वर्षभित्र ‘डिजिटल डिभाइड’ (डिजिटल विभेद) अन्त्य गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

पछिल्लो समय बढ्दै गएको अवैध बेटिङ (जुवा) एप र साइटहरूको सन्दर्भमा मन्त्रीले हालसम्म करिव १२ देखि १३ हजार यस्ता साइटहरू बन्द गरिसकिएको जानकारी दिनुभयो ।

प्रविधिको दुरुपयोग गरी केही विज्ञापनहरू अझै देखिए पनि नेपाल राष्ट्र बैंकमार्फत भुक्तानी प्रक्रियामा रोक लगाइएकाले त्यस्ता गतिविधिबाट कसैले लाभ लिन नसक्ने उहाँको दाबी छ ।

उहाँले अवैध बेटिङ एपहरू प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह समेत गर्नुभयो । मन्त्रालयले आगामी बजेटमा सूचना प्रविधिको विकास र सञ्चार क्षेत्रको सुदृढीकरणलाई प्राथमिकतामा राखेको मन्त्री तिमिल्सिनाले स्पष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल