६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्र सुदृढीकरणका लागि स्वतन्त्र र मर्यादित पत्रकारिता आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता अपरिहार्य रहेको बताउनुभएको छ ।

राष्ट्रिय पत्रकारिता दिवस २०८३ तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको उल्लेख गर्दै सरकारले प्रेसमाथि कुनै पनि प्रकारको अंकुश लगाउने पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले स्वतन्त्रतासँगै जिम्मेवारी र उत्तरदायित्व पनि जोडिएर आउने बताउँदै तथ्य र सत्यमा आधारित पत्रकारिताले मात्रै समाजलाई सही दिशानिर्देश गर्न सक्ने धारणा राख्नुभयो ।

मन्त्री तिमिल्सिनाले डिजिटल युगमा प्रविधिमैत्री र जिम्मेवार पत्रकारिता सुशासनको आधार भएको उल्लेख गर्दै यस वर्षको राष्ट्रिय पत्रकारिता दिवसको नारा `सुशासनको आधारः प्रविधिमैत्री जिम्मेवार पत्रकार´ ले आधुनिक पत्रकारितालाई दिशानिर्देश गरेको बताउनुभयो ।

विश्वव्यापी सूचना प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्रमा अवसरसँगै चुनौती पनि थपिएको उल्लेख गर्दै उहाँले छापा माध्यमदेखि अनलाइन सञ्चारमाध्यमसम्मको व्यावसायिकता र दिगोपन सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । सञ्चारमाध्यमको हितमा नीतिगत व्यवस्था गर्न मन्त्रालयले विज्ञापन नीति २०८३ तर्जुमा गर्ने तयारी गरिरहेको जानकारी पनि उहाँले दिनुभयो ।

सामाजिक सञ्जालको दुरुपयोग र ‘फेक न्यूज’ का कारण समाजमा भ्रम र विभाजन फैलिरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले तथ्य जाँचलाई पत्रकारिताको महत्वपूर्ण अङ्गका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै पत्रकारको न्यूनतम पारिश्रमिक, पेशागत सुरक्षा र वृत्ति विकासका लागि थप प्रभावकारी कदम चालिने जानकारी दिनुभयो ।

पत्रकारिता केवल सूचनाको संवाहक मात्र नभई सामाजिक न्याय र समृद्धिको उत्प्रेरक भएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले विकास, सुशासन र सामाजिक रूपान्तरणका मुद्दा जनतासम्म पुर्‍याउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । आलोचना तथ्यमा आधारित, वस्तुपरक र रचनात्मक हुनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले सरकारले सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न कानुन निर्माणको तयारी गरिरहेको जानकारी दिँदै पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र आधुनिक बनाउने तथा पत्रकारको हित प्रवर्द्धन गर्ने लक्ष्य लिइएको बताउनुभयो ।
विसं. १९५८ वैशाख २४ गते ‘गोरखापत्र’ प्रकाशन सुरु भएको ऐतिहासिक दिनको स्मरणमा राष्ट्रिय पत्रकारिता दिवस मनाइदै आएको छ ।