१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोकिएको पुल छिटो बनाउन दबाब



अ+ अ-

रामपुर । प्रदेश नं ५ र गण्डकी प्रदेशलाई जोड्ने कालीगण्डकी नदीमा बन्दै गरेको मोटरेबल पुल निर्माण कार्य बीचमै रोकिएपछि दबाब दिन समिति बनेको छ । रामपुर नगरपालिका–१ तथा गण्डकी प्रदेशको घिरिङ गाउँपालिका–१ पुट्टार तनहुँलाई जोड्ने पक्की पुलको निर्माण कार्य गत असारदेखि रोकिएको छ ।

पुलको निर्माण कार्य शुरु गर्न पटक पटक दबाब दिए पनि निर्माण कम्पनीले यसप्रति गम्भीर नभएकाले बाध्य भएर दबाब दिनका लागि समिति गठन गरिएको जनाएको छ । बिहीबार पुट्टारमा बसेको रामपुर–पुट्टारघाट मोटरेबल पुल उपभोक्ता समितिको बैठकले पुल निर्माण दबाब समिति गठन गरेको हो । समितिमा दानस मल्ल, दानबहादुर शाही, शिवराज सिग्देल र नारायण मल्ल रहेका छन् ।

रामपुर–पुट्टारघाट मोटरेबल पुल उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले पटक पटक हिउँद लागिसकेकाले निर्माण छिटो थाल्न भने पनि बेवास्ता गरेकाले पाँच सदस्यीय प्रतिनिधिमण्डल गठन गरेको जानकारी दिए । उनका अनुसार अबको तीन दिनभित्र काम थालनी नगरे सम्बन्धित निकायमा दबाबका लागि जाने निर्णय गरेको छ ।

गत मङ्सिरदेखि निर्माण थालेको पुलको २१५ मिटर लम्बाइ पाँचवटा पिल्लर सहितको नौ मिटर चौडा भएको पुल ३ वर्षभित्र सक्ने सम्झौता भए पनि नदीको एकापट्टि एउटा मात्रै पिल्लर उठाएर अलपत्र पारिएको उपभोक्ता समितिका सचिव दानस मल्लले बताए । उनका अनुसार काली नदीमा बर्सातको समयमा काम गर्न समस्या हुने कारण केही समयका लागि रोकिएको थियो तर हिउँद लाग्दासमेत शुरु नगरेपछि समयमै काम सम्पन्न नहुने चिन्ता स्थानीयवासीको छ ।

करिब रु २८ करोडको लागतमा ३ वर्षभित्र सो पुलको निर्माण कार्य सम्पन्न गर्ने गरी जिम्मा पाएको युनाइटेड विल्डर्स कम्पनीले बर्सातको कारण देखाउँदै गत असारदेखि काम ठप्प पारेको हो । प्रदेश नं ५ का गाउँघरमा उत्पादित कृषि उपजलाई बजारसम्म पुर्याउन तथा गण्डकी प्रदेशसँग सिधा सम्पर्क बढाउन यस क्षेत्रमा पुल निर्माण गर्न लागिएको छ । कालीगण्डकी करिडोर नजीकैबाट बन्ने पुलले यस क्षेत्रका नागरिकलाई अन्य क्षेत्रसँग जोडिन सहज हुनेछ ।