२९ भाद्र २०८३, सोमबार
,
Latest
जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्मेवार प्रेसले लोकतन्त्र र सुशासनलाई अझ बलियो बनाउनुपर्छ : राष्ट्रपति पौडेल



अ+ अ-

काठमाडौं । रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बनाउँदै सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको जनचाहनालाई पूरा गर्ने अभियानमा प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको स्मरण गर्नुभयो ।

उहाँले संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको उल्लेख गर्दै पत्रकारलाई निर्भय र स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको बताउनुभयो । साथै सत्यतथ्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्नु जिम्मेवार प्रेसको धर्म भएको उहाँको भनाइ थियो ।

राष्ट्रपति पौडेलले पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएको स्पष्ट पार्नुभयो । उहाँले स्वतन्त्र पत्रकारिताविना लोकतन्त्रको परिकल्पना गर्न नसकिने धारणा पनि राख्नुभयो ।

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिँदै उहाँले सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार संकलन तथा सम्प्रेषण सुनिश्चित गर्न सबै पक्षको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।

श्रमजीवी पत्रकारहरूको हकहित तथा सञ्चार गृहहरूको आर्थिक दिगोपनका लागि सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको बढ्दो प्रयोगसँगै आधारहीन तथा मिथ्या सूचना फैलिने चुनौती थपिएको भन्दै राष्ट्रपति पौडेलले त्यसको सामना गर्न नेपाली प्रेस सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रपति पौडेलले वरिष्ठ पत्रकार सम्मानबाट चन्द्रकिशोर झा र नम्रता शर्मालाई सम्मान गर्नुभयो । यस्तै भोला पासवान, उमेश श्रेष्ठ र रुपा गहतराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।