२७ श्रावण २०८३, बुधबार
,
Latest
सक्षम र इमान्दार कानून व्यवसायी बिना न्यायपालिकाले प्रभावकारी काम गर्न सक्दैनः प्रधानन्यायाधीश शर्मा सक्षम र मर्यादित कनून व्यवसायमार्फत विधिको शासन सृदृढ गर्छौंः महान्यायाधिवक्ता डा. कँडेल संसदीय समितिमा प्रहरी महानिरीक्षकको असन्तुष्टिः ‘संस्थाको मर्यादा र गरिमाको ख्याल गरियोस्’ कारागार तथा बाल सुधार गृहहरुलाई दण्डात्मक संस्था नभई पुनःस्थापना केन्द्रका रुपमा विकास गर्न संसदीय उपसमितिको… राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना ‘द एभरेस्ट ड्रीम’ले अमेरिकामा जित्यो उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद चुनावी परिणाम र युवा नेतृत्वको क्याबिनेटले मात्रै सपना पूरा हुँदैन, सरकारले काम गर्नुपर्छः सभापति लामिछाने संसदीय अभ्यासलाई मर्यादित बनाउनुपर्नेछः सचेतक राई सवारी चाप व्यवस्थापनमा पूर्वाधारदेखि प्रविधिसम्म जोड दिन सरोकारवालाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ्ग कसुर मुद्दामा राष्ट्रिय सभा सदस्य जगतबहादुर पार्कीविरुद्ध पक्राउ पुर्जी जारी



अ+ अ-

काठमाडाैँ । कैलाली जिल्ला अदालतले बैंकिङ्ग कसुरको मुद्दामा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट राष्ट्रिय सभा सदस्य रहेका जगतबहादुर पार्कीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। अदालतले जारी गरेको उक्त वारेन्ट अनुसार हाल उनी कानुनी कारबाहीको दायरामा परेका छन्।

डडेल्धुराको आलिताल गाउँपालिका–७ स्थायी ठेगाना भएका पार्कीविरुद्ध धनगढी उपमहानगरपालिका–३ का नरेशबहादुर थापाले बैंकिङ्ग कसुरसम्बन्धी मुद्दा दायर गरेका थिए। सो मुद्दा जिल्ला अदालत कैलालीमा चैत २ गते दर्ता गरिएको थियो, जसको दर्ता नम्बर ०८२–सि १–०७६९ रहेको छ।

उक्त मुद्दामा सुनुवाइपछि अदालतले चैत १७ गते पार्कीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। तर, वारेन्ट जारी भएको समयदेखि हालसम्म पनि उनी पक्राउ परेका छैनन्। कानुनी प्रक्रिया अगाडि बढिरहे पनि उनको अवस्थाबारे थप विवरण सार्वजनिक भएको छैन। यसैबीच, अदालतको आदेश कार्यान्वयन र आरोपीको उपस्थितिबारे चासो बढिरहेको छ।




भर्खरै