५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पन्जाबलाई हराउँदै शीर्ष स्थानमा उक्लियो सनराइजर्स हैदराबाद



अ+ अ-

काठमाडौँ। पञ्जाब किङ्सलाई ३३ रनले पराजित गर्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) अंक तालिकाको शीर्ष स्थान उक्लिएको छ ।

हैदराबादस्थित राजीव गान्धी इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २३५ रन बनाएको थियो। हैदराबादले दिएको २३६ रनको विजयी लक्ष्य पछाएको पन्जाब किङ्सले २० ओभरमा ७ विकेट गुमाउँदै २०२ रन मात्रै जोड्न सक्यो।

पञ्जाब किङ्सका लागि कुपर कोनोलीले १०७ रनको अविजित शतकीय पारी खेले। को शतकीय पारी टिमको जितका लागि भने पनि पर्याप्त रहेन । उनलाई साथ दिने कुनै पनि ब्याटर भएनन्। उनले ५९ बलमा ७ चौका र ८ छक्का प्रहार गरे। ओपनर द्वय प्रियांस अर्या र प्रभसिम्रन सिंह सस्तैमा पेबिलियन फर्किँदा कप्तान श्रेयस ऐयर पनि ५ रनमा डग आउट फर्किए । मार्कस स्कोटोनिसले २८ सुर्यांन्स सेड्गेले २५ र मार्को जान्सनले १९ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

पन्जाबलाई सस्तैमा रोक्न सनराइजर्स हैदराबादको लागि बलिङतर्फ कप्तान प्याट कमिन्स र शिवाङ कुमारले २-२ विकेट लिए । नितेश कुमार रेड्डी, इशान मालिंगा र सकिब हुसेनले १-१ विकेट लिए।

हैदराबादका लागि हेनरिक क्लासेन र इशान किशनले अर्धशतक प्रहार गरे। क्लासेनले ४३ बलमा ६९ रन बनाए भने इशानले ३२ बलमा ५५ रनको योगदान दिए। यी दुईबीच तेस्रो विकेटका लागि ८८ रनको साझेदारी भएको थियो। त्यस्तै, क्लासेन र नितिश रेड्डी (२९) बीच चौथो विकेटका लागि ६३ रनको साझेदारी भयो। ओपनिङमा अभिषेक शर्मा (३५) र ट्राभिस हेड (३८) ले ५५ रन जोडेका थिए। पञ्जाबका लागि लोकी फर्गुसन, विजयकुमार वैशाख र युजवेन्द्र चहलले १–१ विकेट लिए।

यो नतिजापछि हैदरावादको ११ खेलबाट १४ अंक भएको छ। पंजाव भने १० खेलबाट १३ अंकमा दोस्रो स्थानमा छ।




भर्खरै